Alag Dhar

तम्घासमा सुनचाँदी व्यवसायीलाई कर शिक्षा

मकवानपुर । गुल्मीको तम्घासमा सुनचाँदी व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ। कर शिक्षाबारे जानकारी नहुँदा सुनचाँदी व्यवसायीहरुलाई समस्या झेल्नुपर्ने परेको हुँदा करदाता सेवा कार्यालय गुल्मीको आयोजना तथा गुल्मी सुनचाँदी व्यवसायी संघको सह–आयोजनामा कर शिक्षा प्रदान गरिएको हो।

यस जिल्लाका सुनचाँदी व्यवसायीहरुलाई करसम्बन्धी ज्ञान, कानुनी दायित्व र व्यवसाय सञ्चालनका आवश्यक औपचारिकता लगायतका विषयमा जानकारी गराइएको थियो। करदाता सेवा कार्यालयका प्रमुख कर अधिकृत विमल घर्तिले सुनचाँदी व्यवसायीहरुलाई वर्तमान विलासिता शुल्क, बिल–बिजक व्यवस्थापन, कर विवरण अद्यावधिक राख्ने प्रक्रिया तथा व्यवसायमा आवश्यक पर्ने कानुनी आधारहरुबारे विस्तृत जानकारी गराउनुभयो।

कर छली वा त्रुटिपूर्ण लेखापालना व्यवसायको लागि जोखिमपूर्ण हुने भएकाले खरिद–बिक्री अभिलेख, खाता–पाता तथा बिल–बिजक व्यवस्थित राख्नु अहिलेको अत्यावश्यक भएको उहाँले बताउनुभयो। गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले व्यवसाय र कर प्रशासनबीच सहकार्य तथा विश्वासका सम्बन्धलाई मजबुत बनाउन यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउनुभयो।

सहभागी व्यवसायीहरुले विलासिता शुल्क, बिल प्रणाली, कारोबार दर्ता तथा कर विवरण प्रस्तुत गर्दा आउने प्राविधिक जटिलताबारे प्रश्न गर्दै प्रशिक्षण उपयोगी भएको प्रतिक्रिया दिनुभयो। यस्ता प्रशिक्षणले व्यवसायलाई कानुनी रुपमा सुदृढ बनाउनुका साथै पारदर्शी कारोबार प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँहरुको भनाइ थियो ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.