Alag Dhar

२० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ

मकवानपुर । कैलालीमा २० ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित चार वटा मोटरसाइकल र ९ जनालाई नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकमा चेकजाँचका क्रममा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ३५ वर्षीय गणेशबहादुर डाँगीसहित तीन जनालाई पक्राउ गरेको छ ।

उनले चलाएको म२प ३१०७ नम्बरको मोटरसाइकल र पछाडि सवार डोटीको जोरायल गाउँपालिका-२ बस्ने २० वर्षीया डम्मरी भण्डारी र डडेल्धुराको आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा रहेका छन् ।

उनीहरूको साथबाट ९ ग्राम २९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको ह ।

यस्तै, भजनी नगरपालिका-३ को कुसमघाटमा गरिएको चेकजाँचमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सु.प.प्र.०१–००९ प ३५११ नम्बरको मोटरसाइकलका चालक लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र पछाडि सवार २२ वर्षीय आकाश चौधरी रहेका छन् ।

उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका–५ को गेटामा थप दुई जनालाई पक्राउ गरिएको छ ।

चेकजाँचका क्रममा बिजय बिष्टले चलाएको से ६ प ७५९४ नम्बरको मोटरसाइकल र पछाडि सवार राज चौधरीको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी, लम्कीचुहा नगरपालिका-६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई बागमार क्षेत्रबाट पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

काठमाडौं । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरर...
बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयक...
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही ...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.