Alag Dhar

ईपीएस भाषा परीक्षा आजदेखि

मकवानपुर । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा आजदेखि सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।

सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।

दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका थिए । यही बेला उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा सुरु गरिएको हो ।

भाषा परीक्षा दुई महिनाभित्र सक्ने तयारी रहेको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ ।

दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशहरुमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक लग्ने गरेको छ ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.