Alag Dhar

Day: २०८२ मंसिर १, सोमबार १०:२२

बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न

बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न

मकवानपुर । नयाँ अध्ययनले बङ्गलादेशमा ५ देखि १७ वर्ष उमेरका बालबालिकामध्ये ९.२ प्रतिशतले कुनै न कुनै प्रकारको श्रममा संलग्न रहेको तथ्य पत्ता लागेको छ । बङ्गलादेश तथ्याङ्क विभागले बालबालिका तथा महिलासम्बन्धी सबैभन्दा व्यापक सर्वेक्षण युनिसेफ र अन्य साझेदार संस्थासँगको सहकार्यमा सार्वजनिक गरेको हो । तथ्याङ्क विभागकी सचिव आलेया अक्टारले सर्वेक्षणको दायरामा गर्भवती महिलामा रगतको कमी जस्ता नयाँ परीक्षण समावेश भएका कारण यसले अझ बढी महत्त्व राख्ने बताउनुभयो । सर्वेक्षण अनुसार, मातृ रगतको कमी अझै उच्च रहेको छ, जुन ५२.८ प्रतिशत छ । एक हजार किशोरीमध्ये जन्मदर ८३ बाट बढेर ९२ पुगेको देखिएको छ । यी तथ्यले मातृ-शिशु पोषण सुधार, स्तनपान…
Read More
एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु

एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु

मकवानपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा सोमबार काठमाडौँ गोर्खाजले टस जितेर बलिङ रोजेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने छ । क्रिकेटको दोस्रो संस्करण हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरू भएको छ ।क्रिकेट मैदानमा दर्शकदीर्घाले भरिँदैछ । साथै दर्शक सुरक्षाका नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटाइएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् ।
Read More
सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालन

सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालन

मकवानपुर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्णरूपमा सञ्चालन भएको हो । सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुने छ”, पूर्ण बैठकले भनेको थियो, “अन्य पेसी नचढेका मुद्दाहरूको…
Read More
एनपिएलमा आज जनकपुर र काठमाडौँ भिड्दै

एनपिएलमा आज जनकपुर र काठमाडौँ भिड्दै

मकवानपुर । आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् । र्कीतिपुरस्थित अन्तरराष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ४ बजे सुरु हुनेछ । पहिलो संस्करणको खेलमा जनकपुरले काठमाडौँलाई सहजै हराएको थियो । यस पट्क पनि जनकपुरले काठमाडौँलाई हराउने उद्देश्यका साथ मैदानमा उत्रनेछ । त्यसो त काठमाडौँ पनि अघिल्लो संस्करणको हारको बदला लिँदै जित हासिल गर्न चाहन्छ । यस्तै पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको नेतृत्वमा रहेको जनकपुर यस संस्करणमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा मैदानमा उत्रिँदैछ दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल…
Read More
आजबाट दोस्रो एनपिएल सुरु

आजबाट दोस्रो एनपिएल सुरु

मकवानपुर । विश्वमा फ्रेन्चाई क्रिकेट लिग निकै लोकप्रिय छ । भारतमा आइपिएल, अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा सिपिएल, इङ्ग्ल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–२० च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा एसपिल आदि । यी सबै टेस्ट मान्यता प्राप्त राष्ट्रमा खेलिने टी–२० फ्रेन्चाई लिग हुन् । यीबाहेक अन्य देशमा पनि फ्रेन्चाई लिग खेलिन्छ । यद्यपि आइपिएल जस्तो सफल लिग अहिलेसम्म कुनै देशको हुन सकेको छैन तर क्रिकेटमा उदाउँदै गरेको नेपालले आयोजना गरेको फ्रेन्चाई लिगको नेपाल प्रिमियर लिग (एनपिएल) लाई भने पहिलो संस्करणमै आइपिएलसँग तुलना गरिएको थियो । पहिलो संस्करणमै विश्वको सबभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा परेको थियो एनपिएल…
Read More
ईपीएस भाषा परीक्षा आजदेखि

ईपीएस भाषा परीक्षा आजदेखि

मकवानपुर । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा आजदेखि सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् । सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् । दक्षिण कोरिया जान रोस्टरमा…
Read More
बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मकवानपुर । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बिहान सवा ७ बजे कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ११४५ नम्बरको यात्रुबाहक बस राप्तीसोनारी गापा २ अगैया बजारमा एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर मोटरसाइकल चालक जिल्ला कञ्चनपुर पुर्नवास गाउँपालिका वडा नम्बर ९ घर भई हाल जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बुद्ध टोल बस्ने वर्ष ४४ का कृष्ण घर्ती क्षेत्री घाइते भई उपचारका लागि नेपालगन्ज मेडिकल…
Read More
मनोज स्मृति महिला भलिबल पुसमा

मनोज स्मृति महिला भलिबल पुसमा

मकवानपुर । स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता पुसमा हुने भएको छ । जिल्ला भलिबल सङ्घ धादिङको आयोजनामा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका जिल्ला र उत्कृष्ट टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टिमलाई उपाधिसहित दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुने टिमलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक एवं जिल्ला भलिबल सङ्घ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक)ले जानकारी दिनुभयो । यस्तै ब्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । सहभागी टिमलाई दर्ता शुल्क १० हजार रुपियाँ राखिएको आयोजकले जनाएको छ ।
Read More
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

मकवानपुर । प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । चुरेवर्ती क्षेत्रबाट लागुऔषध गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा आइतबार रातभर प्रहरी टोली तैनाथ भएको थियो । इन्स्पेक्टर जोहारी नेतृत्वको प्रहरी टोलीले सोमबार बिहान ५ बजेतिर लालबन्दी नगरपालिका–६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गरेको हो । उक्त गाँजा ओसारपसारमा संलग्न हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठसमेत पक्राउ परेका छन् । लखन्देही खोलाको भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको सूचना पाएपछि प्रहरी टोली लालबन्दी ६ को शिव मन्दिर आसपासमा बाटो ढुकेर…
Read More
दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ: महावीर पुन

दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ: महावीर पुन

मकवानपुर । शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि असन्तुष्टि व्यक्त गरेका छन् । जेनजी आन्दोलनपछि जेनजी अगुवाहरुले नै छुट्टाछुट्टै दल दर्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमा दल दर्ताको समाचार शेयर गर्दै फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुने बताएका हुन् । उनले जेनजीहरूले आफ्नो खाल्डो आफैं खन्न लागेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुमा उनले लेखेका छन्, ‘हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन् ।’ उनले जेनजीहरुको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.