Alag Dhar

बाँकेका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मकवानपुर । बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार आवश्यक खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण पशुमा लाग्ने सो रोग नियन्त्रणमा आएको हो ।

उहाँका अनुसार जिल्लाका केही स्थानमा दुईवटा पशु मरेको भए पनि अहिले अधिकांश क्षेत्रमा अवस्था सामान्य रहेको छ । दसैँअघि सातवटै स्थानीय तहका करिब १६२ भन्दा बढी पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको थियो ।

यो रोग राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्रमा फैलिएको हो ।

जानकी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्काका अनुसार सङ्क्रमण देखिएलगत्तै खोप वितरण र पशुको आहारामा ध्यान दिइएकाले रोग नियन्त्रणमा आएको हो । उहाँका अनुसार केही किसानले आफ्नै खर्चमा औषधी किनेर उपचार गरेका थिए भने केहीलाई गाउँपालिकाले सहयोग प्रदान गरेको थियो । हाल १६२ सङ्क्रमित पशु चौपायामध्ये सातवटा मात्र उपचाररत छन् ।

राप्तीसोनारी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीका अनुसार गाउँपालिका–६ को खल्ला टपरीबाट सुरु भएको सङ्क्रमण पछिल्लो समय वडा नम्बर ८ सम्म पुगेपनि अहिले आएर नियन्त्रणमा आएको छ ।

उहाँले भन्नुभयो, “सुरुमा भ्याक्सिनको अभावले चुनौती थियो, तर पछि भ्याक्सिन सबैलाई उपलब्ध भएपछि अहिले अधिकांश पशुमा देखिएको लम्पी स्किन नियन्त्रणमा आएको छ ।”

नरैनापुर गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जगतराम यादवका अनुसार नरैनापुरमा ८५ वटा पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएपनि स्थिति नियन्त्रणमा रहेको छ ।

पशु चिकित्सकहरूका अनुसार निरन्तर निगरानी, खोप व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमका कारण लम्कि स्किनको सङ्क्रमण नियन्त्रणमा आएको र रोगलाई नै स्थायी रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.