Alag Dhar

Day: २०८२ मंसिर ३, बुधबार १२:०७

एनपिएलमा  सुदूरपश्चिमले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य

एनपिएलमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जितका लागि काठमान्डु गोर्खाजलाई एक सय ४८ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनायो । पावरप्लेमै चार विकेट गुएको सुदूरुपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यान कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सुधार गर्नुभएको थियो । हर्मितले ५३ रनको अर्धसतकीय पालि खेल्नुभयो । उहाँले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनुभयो । उहाँले तीस बलमा…
Read More
शान्तिपुर चक्रेश्वरमा  सुरु भयो मेला

शान्तिपुर चक्रेश्वरमा सुरु भयो मेला

मकवानपुर । गुल्मीको प्रसिद्ध शान्तिपुर चक्रेश्वर मेला सुरु भएको छ । बालाचतुर्दशी अर्थात सतबिज छर्ने दिनबाट शान्तिपुर चक्रेश्वर मेला सुरु हुने गर्दछ । यो मेलाको अवसरमा चन्द्रकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । यो चन्द्रकोट गाउँपालिकाकै सबैभन्दा ठुलो मेला भएकाले स्थानीय धार्मिक, साँस्कृतिक र परम्परागत रीतिरिवाजको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थानीय सरकारको तर्फबाट सार्वजनिक बिदा दिने गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिनुभयो । बिहानैदेखि चक्रेश्वर मन्दिरको दर्शनसहित सतबिज छर्नेको भिड लागेको छ । बाला चतुर्दशीका दिन चक्रेश्वर मन्दिरमा बिशेष पूजा हुने गर्दछ । मन्दिरमा गीता पाठ, होमन, जलधारी, सतबिज छर्ने, तोरन तार्ने र भजनकृतन गर्नेसहित साँस्कृतिक र…
Read More
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

मकवानपुर । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री खरेलले मन्त्रिपरिषद्का २५ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो ।
Read More
एमाले नेता बस्नेत बारा आउने खबरले विमानस्थलमा तनाव

एमाले नेता बस्नेत बारा आउने खबरले विमानस्थलमा तनाव

मकवानपुर । नेकपा (एमाले) का नेता महेश बस्नेत बारा आउने भएपछि सिमरा क्षेत्रमा तनाव उत्पन्न भएको छ । सम्भावित झडपलाई रोक्न प्रशासनले दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म आज सिमरा आसपास क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। घटनापछि सिमरा विमानस्थल पूर्णरूपमा बन्द गरिएको छ ।आजका सबै उडान सेवा ठप्प भएका छन्। यात्रुहरूलाई विमानस्थलमै अलपत्र पर्न नपरोस् भनेर एयरलाइन्सलाई पूर्व सूचना दिइएको सिमरा विमानस्थल कार्यालयले जनाएको छ। सिमरा विमानस्थल घेराउ गर्न पुगेका जेनजी युवाहरूको भिड अघि बढेपछि स्थिति नियन्त्रणबाहिर जान सक्ने अनुमानमा सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरी भिड तितरबितर पारेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी (सह–सिडिओ) छविरमण भट्टराईले जानकारी दिनुभयो। उहाँका…
Read More
अण्डाको भाउ घट्यो

अण्डाको भाउ घट्यो

मकवानपुर । आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो । यससँगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने सङ्घका सचिव मदन पोखरेलले बताए । त्यस्तै सानो अण्डाको प्रति पेटी २६ सय मूल्य पर्ने छ । यसअघि ठुलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो ।
Read More
कारको ठक्करबाट एक जनाको मृत्यु

कारको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, रायमाझी चोक नजिक कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बागमती नगरपालिका–४, प्रसाई टोल बस्ने ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको हो । शिवाकोटीलाई मङ्गलबार राति बागमतीमा बालाचतुर्दशी मेला हेरेर घरतर्फ फर्कंदै गर्दा नम्बर खुल्न नसकेको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका शिवाकोटीको उपचारका क्रममा बुधबार बिहान न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको कारले बागमती प्रदेश ०३–००१ ख ३४५५ नम्बरको यात्रुवाहक बसलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हरिवनका वरिष्ठ प्रहरी…
Read More
आज विश्व शौचालय दिवस

आज विश्व शौचालय दिवस

मकवानपुर । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । सन् २०१३ देखि आधिकारिक रूपमा मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तरराष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि हो । सुरक्षित र सबैका लागि पहुँचयोग्य शौचालय निर्माण अहिलेको अत्यावश्यक प्राथमिकता भएको जनाउँदै संयुक्त राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ । तीन अर्ब…
Read More
एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम खेल्दै

एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम खेल्दै

मकवानपुर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी शुरूआत गरेको छ । सुदूरपश्चिमले आज पहिलो खेल खेल्न लागेको हो । यसअघि हिजो दुई खेल भएकोमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विजयी शुरूआत गरेको छ । एनपीएल क्रिकेटमा विराटनगरले अहिलेसम्मकै सर्वाधिक २२० रन बनायो । एनपीएलमा विराटनगर, जनकपुर, काठमान्डु, चितवन, कर्णाली, सुदूरपश्चिम, पोखरा र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् । मङ्सिर…
Read More
बाँकेका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

बाँकेका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मकवानपुर । बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार आवश्यक खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण पशुमा लाग्ने सो रोग नियन्त्रणमा आएको हो । उहाँका अनुसार जिल्लाका केही स्थानमा दुईवटा पशु मरेको भए पनि अहिले अधिकांश क्षेत्रमा अवस्था सामान्य रहेको छ । दसैँअघि सातवटै स्थानीय तहका करिब १६२ भन्दा बढी पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको थियो । यो रोग राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्रमा फैलिएको…
Read More
सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री  कार्की

सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.