Alag Dhar

एमाले नेता बस्नेत बारा आउने खबरले विमानस्थलमा तनाव

मकवानपुर । नेकपा (एमाले) का नेता महेश बस्नेत बारा आउने भएपछि सिमरा क्षेत्रमा तनाव उत्पन्न भएको छ । सम्भावित झडपलाई रोक्न प्रशासनले दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म आज सिमरा आसपास क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ।

घटनापछि सिमरा विमानस्थल पूर्णरूपमा बन्द गरिएको छ ।आजका सबै उडान सेवा ठप्प भएका छन्। यात्रुहरूलाई विमानस्थलमै अलपत्र पर्न नपरोस् भनेर एयरलाइन्सलाई पूर्व सूचना दिइएको सिमरा विमानस्थल कार्यालयले जनाएको छ।

सिमरा विमानस्थल घेराउ गर्न पुगेका जेनजी युवाहरूको भिड अघि बढेपछि स्थिति नियन्त्रणबाहिर जान सक्ने अनुमानमा सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरी भिड तितरबितर पारेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी (सह–सिडिओ) छविरमण भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार विमानस्थलको संवेदनशीलताका कारण थप जोखिम लिन मिल्दैन । भिड रोक्न आवश्यक बल प्रयोग गरिएको र अहिले स्थिति सुरक्षा निकायको नियन्त्रणमा छ। एमालेले आज बारामा युवा जागरण अभियान आयोजना गरेको थियो । सो कार्यक्रममा महासचिव शङ्कर पोखरेल, नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत लगायतका नेताहरू सहभागी हुने कार्यक्रम रहेको एमाले नेता किसान श्रेष्ठले जानकारी गराउनुभयो ।

निषेधाज्ञा जारी भएपछि सिमरा बजार, परवानीपुर, जितपुरसिमरा–१६ आसपासको क्षेत्र सुनसान छ । यातायात बन्द हुँदा यात्रु तथा स्थानीयलाई असहज भएको अधिकारकर्मीको भनाइ छ । अत्यावश्यक सेवा एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षासँग सम्बन्धित सवारीलाई आवतजावतमा छुट दिइएको स्थानीय प्रशासनले जनाएको छ।

विमानस्थल बन्द भएपछि निर्धारित सबै उडान रद्द गरिएको छ । एयरलाइन्सहरुले टिकट बुकिङ गरिसकेका यात्रुलाई अर्को मितिमा सार्ने वा पैसा फिर्ता दिने व्यवस्था मिलाउने बताएका छन् ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा नपर्न र अवस्था सामान्य नहुँदासम्म घरमै बस्न अनुरोध गरेको छ। सुरक्षा निकाय उच्च सतर्कतामा रहेको र आवश्यक परे थप बल परिचालन गरिने जनाइएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनाएको छ ।

मुख्य समाचार

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.