Alag Dhar

शान्तिपुर चक्रेश्वरमा सुरु भयो मेला

मकवानपुर । गुल्मीको प्रसिद्ध शान्तिपुर चक्रेश्वर मेला सुरु भएको छ । बालाचतुर्दशी अर्थात सतबिज छर्ने दिनबाट शान्तिपुर चक्रेश्वर मेला सुरु हुने गर्दछ ।

यो मेलाको अवसरमा चन्द्रकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । यो चन्द्रकोट गाउँपालिकाकै सबैभन्दा ठुलो मेला भएकाले स्थानीय धार्मिक, साँस्कृतिक र परम्परागत रीतिरिवाजको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थानीय सरकारको तर्फबाट सार्वजनिक बिदा दिने गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिनुभयो ।

बिहानैदेखि चक्रेश्वर मन्दिरको दर्शनसहित सतबिज छर्नेको भिड लागेको छ । बाला चतुर्दशीका दिन चक्रेश्वर मन्दिरमा बिशेष पूजा हुने गर्दछ । मन्दिरमा गीता पाठ, होमन, जलधारी, सतबिज छर्ने, तोरन तार्ने र भजनकृतन गर्नेसहित साँस्कृतिक र भक्तिसंगीत प्रतियोगिता चलिरहेको चक्रेश्वर मन्दिर व्यवस्थापन समितिका गोपालप्रसाद शर्माले बताउनुभयो ।

भक्तीसंगीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४०, २० र १० हजार रुपियाँ प्राप्त गर्नेछन् । स्थानीय अगुवा तेजेन्द्र थापाका अनुसार २०२८ सालदेखि चक्रेश्वर महादेवको मन्दिर स्थापना गरेर दैनिक पूजा हुने गरेको छ । सतबिज छर्न बाहिरका धार्मिक स्थलमा जान नसक्नेहरुले शान्तिपुरमा आएर छर्ने गरिरहेको थापाले बताउनुभयो ।

उहाँले धार्मिक बिषयसँग जोडेर स्थानीय क्लव र संघ–संस्थाहरुले व्यापार, खेल र गीतसंगीतसँग जोडेर महोत्सवको रुपमा पनि अगाडि बढाएको बताउनुभयो । मेलामा चक्रेश्वर मन्दिरको दर्शन तथा मेलामा व्यापार र मनोरञ्जन गर्ने उद्देश्यले गुल्मीसहित बाग्लुङ्गका सयौं नागरिक शान्तिपुर चक्रेश्वर मेलामा आउने गर्दछन् ।

लामो समयदेखि स्थानीय चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको उदय शान्ति युवा क्लवले मेलाको आयोजना गर्दैआएको छ । यो बर्ष क्लवले दुई लाख रुपियाँ राशीको पालिका स्तरीय भलिवल प्रतियोगीता आयोजना गरेको छ । भलिवलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार हुनेलाई क्रमशः दुई लाख, एक लाख १० हजार, ६० हजार र ३० हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको उदय शान्ति युवा क्लवका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइक, उत्कृष्ट सर्भर, सबैभन्दा मूल्यवान खेलाडी र उत्कृष्ट प्रशिक्षकको लागि पनि पुरस्कारको ब्यबस्था गरिएको छ । मेलामा खेलकुद बाहेक बाल उद्यानसहितको मनोरञ्जनात्म खेल, चर्चित इन्दे्रणी कार्यक्रमको प्रस्तुति र राष्ट्रिय लोकदोहोरी गायिका शान्ति श्री परियारसहितको सांगीतिक प्रस्तुति रहेको क्लवका अध्यक्ष थापाले बताउनुभयो ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.