Alag Dhar

एनपिएलमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जितका लागि काठमान्डु गोर्खाजलाई एक सय ४८ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनायो ।

पावरप्लेमै चार विकेट गुएको सुदूरुपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यान कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सुधार गर्नुभएको थियो । हर्मितले ५३ रनको अर्धसतकीय पालि खेल्नुभयो । उहाँले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनुभयो । उहाँले तीस बलमा तीन चौका र एक छक्का हान्नुभयो । यस्तै इसान पाण्डेले २५ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा काठमान्डुका कप्तान करण केसीले चार विकेट लिनुभयो । उहाँले चार ओभरका ३० रन खर्चिएर चार विकेट लिनुभएको हो । मिलिन्ड कुमार, रसिद खान र सन्नी पटेलले दुई दुई विकेट लिनुभयो ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.