Alag Dhar

कारको ठक्करबाट एक जनाको मृत्यु

death

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, रायमाझी चोक नजिक कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बागमती नगरपालिका–४, प्रसाई टोल बस्ने ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको हो । शिवाकोटीलाई मङ्गलबार राति बागमतीमा बालाचतुर्दशी मेला हेरेर घरतर्फ फर्कंदै गर्दा नम्बर खुल्न नसकेको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका शिवाकोटीको उपचारका क्रममा बुधबार बिहान न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको कारले बागमती प्रदेश ०३–००१ ख ३४५५ नम्बरको यात्रुवाहक बसलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका वरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्र मल्लले दुर्घटनामा संलग्न कारको खोजी भइरहेको जानकारी दिनुभयो । उहाँले दुर्घटना गराएर फरार कारको पहिचान भइसकेको बताउनुभयो ।

मानिसको मृत्यु हुने गरी दुर्घटना गराएर कार र चालक फरार भएपछि घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख ९एसपी० योगेन्द्रकुमार खड्का आफैँ बुधबार बिहान बागमती आइपुग्नुभएको छ ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.