Alag Dhar

दाइजो नदिँदा घर निकाला

मकवानपुर । सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल की २२ वर्षीया सुमन कुमारी मण्डलको २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भयो ।

नयाँ सपना बोकेर नयाँ जिवनको सुरुवात गर्ने उहाँको त्यो सपना साकार हुन सकेन । किनभने विवाह भएको चारदिनमै उहाँ घर निकालामा पर्नुभयो ।

मागे जति दाइजो नल्याएको निहुँमा उहाँलाई निर्घात कुटपीट गर्दै घर निकाला गरियो । ससुराली पक्षबाट पीडित उहाँ अहिले न्यायका लागि भौतारी रहनुभएको छ ।

सोही क्रममा राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै सुमनले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाइजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोख्नुभयो ।

विवाह दर्ताका पटक–पटक आग्रह गर्दा पनि नमानेको र उल्टै श्रीमान, सासु, ससुरा र नन्दसहित सिङ्गो परिवारबाट यातना भोग्नु परेको उहाँले सुनाउनुभयो ।

श्रीमानलाई अर्को विहे गर्ने बाटो खुला होस भन्ने मनसायले पनि आफुसँग यस्तो व्यवहार भएको उहाँले दुखेसो पोख्नुभयो ।

ससुराली पक्षले घरमा राख्न अस्विकार गरेपछि सुमन लामो समयदेखि माइती घरमा बस्दै आउनुभएको छ ।

दुवै पक्षका अभिभावकको सहमतीमा भएको विवाहमा दुईलाख ५० हजार रुपैयाँ नगद, आधी तोला सुनको गरगहना, लत्ताकपडा, भाँडाकुडा र फर्निचर लगायतका सामग्री दिएको सुमनका बुवा कृष्णदेवले बताउनुभयो ।

उहाँले थप दाइजोको रुपमा गाउँमा आफ्नो नाममा रहेको पाँच कठ्ठा जग्गा माग्दै दबाब दिन थालिएको र असमर्थता व्यक्त गरेपछि छोरीलाई शारिरीक र मानसिक यातना दिइएको आरोप लगाउनुभयो ।

छोरीलाई यातना दिनेमाथि कारवाहीको माग गर्दै न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेको बुवा कृष्णदेवले जानकारी दिनुभयो । यससबारे उहाँका श्रीमान राधेश्यामसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.