Alag Dhar

बेस क्याम्प घुम्न पुगेका कार्कीको निधन

मकवानपुर । मकालु बेस क्याम्प क्षेत्र पदयात्राका क्रममा दोलखा जिल्ला मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा अचानक समस्या भएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

जिल्ला प्रहरीका प्रमुख डिएसपी कुमारप्रसाद मैनालीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली खटिएको थियो । उक्त टोलीले बुधबार हेली एभरेष्टको सहयोगमा बेस क्याम्प नजिकैबाट कार्कीको शव उद्धार गरेको थियो ।

प्रारम्भिक अनुमान अनुसार कार्कीलाई लेक लागेर स्वास्थ्य जटिलता उत्पन्न भएको हुनसक्ने प्रहरीले जनाएको छ । उद्धारपछि कार्कीको शव पोष्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पताल दुवाकोट पठाइएको छ ।

मकालु क्षेत्रमा पछिल्ला दिनहरूमा पर्यटक तथा पदयात्रीहरूको आवागमन बढेसँगै यस्ता आकस्मिक घटनाले सुरक्षात्मक सावधानीमा अझ ध्यान दिन आवश्यक रहेको प्रहरी प्रमुख डिएसपी मैनालीले बताउनुभयो ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.