Alag Dhar

नवजीवन ज्याेति क्लब भवनको  मुख्यमन्त्री  बानियाँद्वारा उदघाट्न

हेटौंडा ।  हेटौडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आफ्नो निजि जग्गामा वागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण भएको नवनिर्मित भवनको वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँले उददघाटन  गर्नु भयाे ।
क्लबका अध्यक्ष राज कुमार बास्तोलाको सभाध्यक्षता तथा वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँज्युको प्रमुख आतिथ्यतनमा कार्यक्रम  भएकाे थियाे ।

मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले क्लवले खेलकुद वातावरण र सामाजिक कार्यमा रचनात्मक  कार्य गरेकाे बताए ।  मुख्यमन्त्री  बानियाँले  सामाजिक संघसंस्थाले समाजमा रहेका विकृति, विसंगति अन्तयकाे लागि सक्रिय भूमिका खेल्नु पर्नेमा जाेड दिए ।कार्यक्रममा  क्लबका अध्यक्ष  राजकुमार बास्ताेलाले  संस्थागत प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा हेटाैडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, हेटाैडा-६ का कार्यवाहक  वडा अध्यक्ष  विजय पाैडेल,  वडा सदस्य सरिता सापकोटा, मुना विश्वकर्मा, क्लवका पुर्व अध्यक्ष तथा चौघडा साकोसका अध्यक्ष विजय कुमार श्रेष्ठ , क्लवका सल्लाहकार तथा शिक्षाविद बद्री बहादुर पाठक, सल्लाहकार तथा ६ नं वडाका निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईं, हेटौंडा उपमहानगरपालिका वडा नं ६ का निवर्तमान वडा सदस्य सुभद्रा तिमल्सिना, नेपाली कांग्रेस ६ नं वडा समिति सभापति रामहरि तिमल्सिना, नेकपा (एमाले) ६ नं वडा कमिटी अध्यक्ष विश्वराज राई, रास्वपा ६ नं सभापति रुपक ढकाल,नेकपा ६ नं वडा कमिटी अध्यक्ष शोभा घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, विभिन्न  संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो। यश क्लवले २०५८ सालको वातावरण संरक्षण  पुरस्कार  प्राप्त गरेकाे थियाे ।क्लबमा ५० साधारण सदस्य, ८५ आजिवन सदस्य र २ जना मानार्थ सदस्य रहेका छन् । आफ्नै जग्गामा निर्माण  गरिएको  सुविधा सम्पन्न  तीन तल्ले पक्की भवन  करिव ६५ लाखकाे लागतमा निर्माण  गरिएको   सचिव राजकुमार  फुयालले बताए ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.