Alag Dhar

Day: २०८३ श्रावण २, शनिबार १२:१०

नवजीवन ज्याेति क्लब भवनको  मुख्यमन्त्री  बानियाँद्वारा उदघाट्न

नवजीवन ज्याेति क्लब भवनको  मुख्यमन्त्री  बानियाँद्वारा उदघाट्न

हेटौंडा ।  हेटौडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आफ्नो निजि जग्गामा वागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण भएको नवनिर्मित भवनको वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँले उददघाटन  गर्नु भयाे । क्लबका अध्यक्ष राज कुमार बास्तोलाको सभाध्यक्षता तथा वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँज्युको प्रमुख आतिथ्यतनमा कार्यक्रम  भएकाे थियाे । मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले क्लवले खेलकुद वातावरण र सामाजिक कार्यमा रचनात्मक  कार्य गरेकाे बताए ।  मुख्यमन्त्री  बानियाँले  सामाजिक संघसंस्थाले समाजमा रहेका विकृति, विसंगति अन्तयकाे लागि सक्रिय भूमिका खेल्नु पर्नेमा जाेड दिए ।कार्यक्रममा  क्लबका अध्यक्ष  राजकुमार बास्ताेलाले  संस्थागत प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा हेटाैडा उपमहानगरपालिका…
Read More
जनताकाे साथमा बागमती प्रदेश  मुख्यमन्त्री  बानियाँ

जनताकाे साथमा बागमती प्रदेश  मुख्यमन्त्री  बानियाँ

हेटाैडा । बागमती प्रदेशका मुख्यमन्त्री  माननीय  ईन्द्र बहादुर  बानियाँले  बागमती  प्रदेश सरकार सधै जनताकाे साथमा रहेकाे बताउनु भएको  छ  । हेटाैडा -६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहद्वारा समूहकाे ब्लक नं ६ मा निर्माण  गरेकाे विपी गणेशमान स्मृति  शान्तिपार्क पिसपार्कमा  रहेकाे प्रवेश  द्वार र साेमा निर्माण  गरिएको  विपी, गणेशमान, पुष्पलाल र मनमाेहनकाे अर्धकदकाे शालिककाे उदघाट्न तथा अनावरण  कार्यक्रमलाई सम्वाेधन गदै मुख्यमन्त्री  बानियाँले  साे कुरा  बताउनु भएको  हाे । मुख्यमन्त्री  बानियाले जनताकाे आवश्यकता  र आैचित्यकाे आधारमा प्रदेश सरकारले  विकास गर्दै आएकाे बताए  । स्थानीय  क्षेत्रमा विकसका कामले  निरन्तरता  पाएकाे बताउदै मुख्यमन्त्री  बानियाँले  पिसपार्कलाई राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय  पर्यटककाे रुपमा  विकास गराउन…
Read More
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले निर्देशन दिएका हुन् । थपलियाले पछिल्लो विकसित राजनीतिक परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझिएको र यस अवस्थामा गठबन्धनमा बसिरहन नपर्ने निष्कर्षसहित मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको बताए । नेता थपलियाले मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउने बताए । हाल बागमती सरकारमा एमालेका ६ मन्त्री रहेका छन् । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
Read More
दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन् । आगामी चरणमा उच्च रक्तचाप र मधुमेहलगायतका दीर्घरोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ । यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्राललयको भनाई छ । मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका…
Read More
आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डौं । आज देशका विभिन्न २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरसहित विभिन्न २४ जिल्लामा बाढीको जोखिम छ । बाढीको जोखिम रहेका अरु जिल्लाहरुमा काभ्रे, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर रहेका छन् । ती जिल्ला आसपासका भई बहने स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । भोलि र पर्सि कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा पानीको बहाव आकस्मिक…
Read More
आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

काठमाण्डौं । आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ । गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पानी पर्नेक्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजोरअस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका थोरै ठाउँमा ठूलो वर्षा तथा एकरदुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा पनि मुसलधारे वर्षा हुनसक्ने अनुमान छ । भोलि आइतबार र पर्सि सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना…
Read More
नागरिक आन्दोलनका अगुवा डा.देवेन्द्रराज पाण्डेको निधन

नागरिक आन्दोलनका अगुवा डा.देवेन्द्रराज पाण्डेको निधन

काठमाण्डौं । नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा हिजो बेलुका काठमाण्डौको विशालनगरमा रहेको आफ्नै निवासमा निधन भएको हो । क्यान्सरका बिरामी पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो । पाण्डेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् । पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनका क्षेत्रका महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । २०४६ सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा २०४७ देखि २०४८ सम्म उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो । त्यही सरकारको पालामा नेपालको संविधान २०४७ बनेको थियो । उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको…
Read More
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

काठमाडौं । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् । गत जुन २४ मा एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको थियो । नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म पाँच हजार ६९ जनाको मृत्यु भएको छ । अधिकांश मृतक तटीय क्षेत्रका बासिन्दा रहेका छन् । भूकम्पमा घाइते हुनेको संख्या १६ हजार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.