Alag Dhar

आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

काठमाण्डौं । आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ । गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पानी पर्नेक्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजोरअस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका थोरै ठाउँमा ठूलो वर्षा तथा एकरदुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा पनि मुसलधारे वर्षा हुनसक्ने अनुमान छ । भोलि आइतबार र पर्सि सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मुसलधारे र आरीघोप्टे वर्षाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन र यात्रा गर्नुपूर्व पनि मौसम र सडकको अवस्थाबारे पूर्व जानकारी लिन मौसमविद्को अनुरोध छ ।

मौसमका जानकार उज्जवल उपाध्यायले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले लामो दूरीको यात्रा नगर्न फेसबुकमार्फत सुझाव दिनुभएको छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.