Alag Dhar

भारत नेपालको भरपर्दो मित्र हो : मन्त्री घिसिङ

मकवानपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले विपद्को समयदेखि विकास निर्माणसम्म भारत एक विश्वसनीय साझेदार रहेको बताएका छन् ।

उनले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारतले निरन्तर सहयोग पुर्याएको बताए । बिहीबार हेटौंडामा आयोजित आपत्कालीन प्रयोगका लागि भारतले दिएको बेली ब्रिज हस्तान्तरण समारोहमा बोल्दै मन्त्री घिसिङले भारतको सहयोगमा निर्मित हुलाकी राजमार्गले तराई क्षेत्रमा यातायातको पहुँच विस्तार गरी लाखौँ नागरिकलाई सेवा र बजारसँग जोडेको बताए ।

उनले पूर्व–पश्चिम राजमार्ग र ऐतिहासिक त्रिभुवन राजपथ निर्माणमा भारतको योगदानले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको बताए ।भारतीय एक्जिम बैंकमार्फत विस्तारित उदार ऋण सुविधाहरू अन्तर्गत सञ्चालित सडक तथा पुल निर्माण परियोजनाहरूले क्षेत्रीय कनेक्टिभिटी बढाउन, दुर्गम क्षेत्रमा पहुँच सुधार गर्न र राष्ट्रिय यातायात सञ्जाललाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

‘भारतले उपलब्ध गराएका परियोजनाहरूले आर्थिक वृद्धिलाई गति मात्र दिएका छैनन् । हाम्रा राष्ट्रहरूबिच जनस्तरको सम्बन्धलाई पनि गहिरो बनाएका छन्’ मन्त्री घिसिङले भने, ‘सीमापार रेल सञ्जाल, विशेषगरी जनकपुर– कुर्था– बिजलपुरा– बर्दिबास लाइन र जोगबनी–विराटनगर कोरिडोरको विस्तारलाई क्षेत्रीय एकीकरणको कोसेढुंगा हो ।’

विनाशकारी भूकम्पपछिको सङ्कटको घडीमा भारतले गरेको द्रुत र उदार सहयोगको स्मरण गर्दै मन्त्री घिसिङले सडक, पुल र सार्वजनिक सुविधाहरूको पुनर्निर्माणमा भारतको सहयोग नेपालको पुनः प्राप्तिका लागि महत्त्वपूर्ण रहेको बताए ।

यातायात पूर्वाधारबाहेक शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता निर्माण जस्ता सामाजिक क्षेत्रमा भारतको सहयोगले देशभरि सकारात्मक प्रभाव पारेको उनले बताए । मन्त्री घिसिङले भविष्यमा हरित पूर्वाधार, जलवायु–उत्थानशील यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा सहकार्य गर्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यस प्रयासले लामो समय देखिको भारत–नेपाल विकास सहयोगलाई प्रतिबिम्बित गरेको बताए । ‘नेपालले अहिले सामना गरिरहेको कठिन अवधिलाई पार गर्न भारत आवश्यक पर्ने कुनैपनि तरिका वा रूपमा सहयोग गर्न प्रतिबद्ध छ’ उनले भने– ‘बेली ब्रिज हस्तान्तरणलाई भारत सरकारको आवश्यकताको समयमा र जनताको विकास र समृद्धिको लागि नेपालको साथमा उभिने प्रतिबद्धताको प्रतिबिम्बको रूपमा रहने छ ।’

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.