Alag Dhar

कर्णालीका तीन प्रतिशत घर शौचालयविहीन

मकवानपुर । कर्णाली प्रदेशका सबै घरमा शौचालय निर्माण भएपछि विसं २०७५ असारमा खुला दिसामुक्त घोषणा गरिएकोमा अझै तीन प्रतिशत घरमा शौचालय नभएको पाइएको छ ।

विश्व शौचालय दिवसका अवसरमा कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा मन्त्रालयका सचिव मोहनकुमार शाक्यले कर्णालीका अझै तीन प्रतिशत घर शौचालयविहीन रहेको जानकारी दिनुभयो । उहाँले खुला दिसामुक्त अभियानमा बनाइएका मध्ये ३० प्रतिशत अस्थायी तथा कच्ची शौचालय तत्काल सुधार गर्नुपर्ने देखिएकाले यसतर्फ पनि समुदाय, विकास साझेदार संस्था र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सन् २०३० सम्म कर्णालीलाई पूर्ण सरसफाइयुक्त प्रदेश बनाउने लक्ष्य पूरा गर्न जरुरी रहेको बताउँदै उहाँले कर्णाली प्रदेश सरकारले खानेपानीको क्षेत्रमा करिब डेढ अर्ब बजेट छुट्याए पनि सरसफाइको क्षेत्रमा बजेट नभएको जानकारी उहाँले दिनुभयो । सचिव शाक्यले शौचालय बनाउन घर घरलाई अनुदान दिने नीति नभएको उहाँले प्रष्ट पार्नुभयो ।

यसै गरी कर्णालीको सरसफाइको क्षेत्रमा काम गर्दै आएको सुस्वा परियोजनाले कर्णालीमा अझै पनि एक तिहाइ घरका शौचालय स्तरोन्नति गर्नुपर्ने जनाएको छ । सुस्वाका सरसफाइ विज्ञ गोविन्द रोकायले एक तिहाई शौचालय कच्ची भएकाले अविलम्ब स्तरोन्नति गर्नुपर्ने रहेको बताउनुभयो । उहाँले कर्णालीका २८ वटा पालिकामा २४ हजार शौचालय निर्माण गर्ने लक्ष्य रहेको भन्दै १२ हजार शौचालय स्तरोन्नति भइसकेको, ३० हजार घरमा साबुन राख्ने बनाइने र १६ हजार घरले सरसफाइका सबै सूचक पूरा गरेको जानकारी दिनुभयो ।

यस्तै युनिसेफ नेपालका कटक रोकायले कर्णालीलाई २०७५ साल असारमा खुला दिसामुक्त घोषणा गरिएको र अब भने शौचालयको दिगोपनाको चुनौती रहेको बताउनुभयो । २०७६ असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको थियो । खुला दिसामुक्त अभियान सञ्चालन भएको २०६७ देखि खुला दिसामुक्त देश घोषणा गर्ने अवधिसम्म नेपालमा ५६ लाख ६० हजार २१४ वटा शौचालय निर्माण भएको र यस क्षेत्रमा करिब ७५ अर्ब लगानी भएको जानकारी उहाँले दिनुभयो । शौचालय निर्माण भएपछि सरसफाइको अवस्था बढ्दा झाडापखालालगायतका रोगमा कमी आएको तर पछिल्लो समय ती शौचालय स्तरोन्नति गर्ने अवस्थामा पुगेको पाइएको उहाँको भनाइ छ । ग्रामीण क्षेत्रका शौचालय स्तरोन्नति गर्नुपर्ने र सहरी क्षेत्रमा अव्यवस्थित सरसफाइको चुनौती थपिएको उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेश सरकारले सरसफाइको क्षेत्रलाई पनि बढावा दिई कार्यक्रम तय गरिरहेको उल्लेख गर्नुभयो । सरसफाइमा वृद्धि हुँदा झाडापखाला जस्ता रोगमा कमी आएको हुँदा अब शौचालय स्तरोन्नतिको कार्यलाई पनि सबैको समन्वयमा अगाडि बढाउनुपर्ने सुझाव उहाँले दिनुभयो ।

मुख्य समाचार

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एम...
दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट ...
आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डौं । आज देशका विभिन्न २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका त...
आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

काठमाण्डौं । आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ । गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.