Alag Dhar

तोडफोड, आगजनीमा संलग्न २९ जना पक्राउ

मकवानपुर । जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी र सुरक्षा निकायमाथि आक्रमणका घटनामा संलग्न भएको आरोपमा झापामा एक महिनाको अवधिमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

बिर्तामोड र दमक क्षेत्रमा प्रहरीले यस प्रकारको घटनामा संलग्नको निगरानी र नियन्त्रण कार्य तिब्र बनाएको प्रहरी श्रोतको भनाइ छ । यस क्रममा प्रहरीले लुटिएका हतियार तथा गोलीहरू पनि नियण्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार अस्थायी प्रहरी चौकी गरामनीमा गरिएको तोडफोड तथा आगजनीमा संलग्न गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र मुसहरडाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई बिहीबार प्रहरीले घरैबाट पक्राउ गरेको छ । बिर्तामोड तथा आसपासबाट अहिलेसम्म १६ जनालाई पक्राउ गरी सकिएको प्रहरीको भनाइ छ ।

यसैगरी इलाका प्रहरी कार्यालय दमकले पनि बिहीबारसम्ममा १३ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी श्रोतका अनुसार दमकमा पक्राउ परेकाहरूमध्ये १७ वर्षभन्दा कम उमेरका ३ जना नाबालक छन् । खड्काका अनुसार पक्राउ परेकाहरूलाई अभद्र व्यवहार, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव तथा हतियार-खरखजना मुद्दा दर्ता गरिएको छ ।

मुख्य समाचार

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एम...
दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट ...
आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डौं । आज देशका विभिन्न २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका त...
आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

काठमाण्डौं । आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ । गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.