Alag Dhar

परम्परागत पानी घट्ट लोप हुँदै

मकवानपुर ।  सुदूरपहाडका खोलानालामा एक समय छ्यापछ्याप्ति देखिने पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको तीव्र विस्तार, बजार क्षेत्रमा विद्युत्–आधारित पिसाइ मेसिनको वाढ र परम्परागत सीपप्रतिको उदासीनताले अस्तित्व सङ्कटमा परेको हो ।

बैतडीसहित सुदूरका अधिकांश पहाडी जिल्लामा गाउँ–गाउँका सामूहिक र एकल पहलबाट पानी घट्ट बनाइन्थे । यातायात, बिजुली र आधुनिक सुविधाहरू नपुगेका बस्तीहरूमा घट्ट केवल एउटा प्रविधि मात्र थिएन, त्यो जीवनको पहिचान पनि हो ।

गहुँ, मकै, जौ, कोदोजस्ता अन्नको पिसाइदेखि दैनिक खानपानको सम्झनासम्म, पानी घट्ट गाउँको  विशेष चिनारीजस्तै मानिन्थ्यो । तर हाल आएर घट्ट देख्नै मुस्किल भएको छ । पछिल्लो दशक यता तस्बिर बदलिएका छन् । एकै खोलामा केही–केही दूरीमै देखिने पानी घट्ट अहिले खोज्दै हिँड्नु पर्ने अवस्थामा पुगेको सुर्नया–२ का कृष्णबहादुर विष्टले बताउनुभयो ।

अघिल्लो पुस्ताले बनाएका धेरै घट्ट अहिले देख्नै मुस्किल छ । मेरै बाबाले पनि यही खोलामा २–२ वटासम्म पानी घट्ट बनाएको विष्टले बताउनुभयो । हाल आएर बजार क्षेत्रमा छ्यापछ्याप्ति विद्युतीय आँटा–मिल खुल्दै जाँदा परम्परागत घट्ट ओझेलमा परेको स्थानीय प्रेमबहादुर चन्दले बताउनुभयो ।

यद्यपि, सबैको भरोसा भने अहिले  विद्युतीय आधुनिक चक्की खोलिए पनि घट्टको पिठोको स्वाद नै फरक हुनेगरेको चन्दले सुनाउनुभयो । यस्तै, सुर्नया–४ का प्रमल भुल अझ आफ्नै पानी घट्ट जोगाएर बसेका छन् । उहाँ भन्नुहुन्छ, “आधुनिक मिलले उत्पन्न गर्ने तातोपनाले पिठोको स्वाद मार्ने गरेको छ । घट्टबाट पिसिएको पिठो चिसो र स्वाभाविक हुन्छ, रोटी मीठो बन्छ ।”

यस्तै, अर्का स्थानीय  वीरसिंह साउद भन्नुहुन्छ, “पानी घट्ट केवल प्रविधि होइन, स्वादको इतिहाससँगै गरिबीको आयआर्जनसँग जोडिएको कथा पनि हो, मिलको पिठो तातो भएर जलेको जस्तो हुन्छ । घट्टको पिठोबाट बनेको रोटीको बासना र स्वाद नै फरक हुन्छ ।

पानी घट्ट केवल अन्न पिस्ने उपकरण मात्र  नभएर यसले स्थानीय संस्कृति, श्रम, सामूहिकता र जीवनशैली बोकेको स्थानीय महिला राजेश्वरी खत्रीले बताउनुभयो । आधुनिकता आवश्यक छ, तर परम्परागत सीपको संरक्षण पनि उत्तिकै जरुरी रहेको खत्रीले बताउनुभयो ।

मुख्य समाचार

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एम...
दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट ...
आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डौं । आज देशका विभिन्न २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका त...
आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

काठमाण्डौं । आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ । गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.