Alag Dhar

सिमरा अपडेट: वार्तामा बस्नुअघि सडकमा जेनजीको छलफल

मकवानपुर । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावमाथि आन्दोलनरत जेनजी युवाहरूले सडकमै छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गरेको थियो । प्रशासनको आह्वानपछि के गर्ने भन्नेबारे निर्णय गर्न आन्दोलनरत युवाहरू सिमरा चोकस्थित मुख्य सडकमै छलफलमा बसेका हुन् ।

त्यसक्रममा जेनजी अगुवा सम्राट उपाध्यायले जिल्ला प्रशासन कार्यालयबाट आफूहरूलाई कलैयामा रहेको प्रशासन कार्यालयमा बोलाइएको जानकारी गराएका थिए । छलफलमा सहभागीहरूले वार्तामा बस्नुअघि बुधबार जेनजी युवा माथि सबैभन्दा पहिलो मुक्का हान्ने एमालेको युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखेका छन् ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जेनजी समूहलाई वार्ताको लागि टोली बनाएर आउन प्रशासनले आह्वान गरेको तर उनीहरूले प्रशासनको टोली घटनास्थलमै आउनु पर्ने धारणा राखेको जानकारी दिए ।

तर, सुरक्षाको कारण सिमरा आउन नमिल्ने भएकाले कलैयामै वार्तामा आउन प्रशासनले आग्रह गरिरहेको उनले बताए । यसपछि जेनजी अगुवाहरूले वार्ताको लागि कलैया जान तयार रहेको तर, पहिले अरबिन्द साह पक्राउ पर्नु पर्ने शर्त राखेका छन् ।

वार्ताको समय भने तय गरिएको छैन । ‘वहाँहरू जतिबेला आए पनि हामी वार्ता गर्छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.