Alag Dhar

आईडी ह्याक गरी आफन्तको नाममा पैसा माग्ने क्रम बढेको भन्दै सचेत रहन प्रहरीको अनुरोध

मकवानपुर । सामाजिक सञ्जालका आईडी ह्याक गरी आफन्तको नाममा दुःख परेको बहाना बनाएर रकम माग्ने घटना बढेपछि प्रहरीले सतर्क रहन आग्रह गरेको छ ।

पछिल्लो समय आफन्तको नाम प्रयोग गरी रकम माग्ने क्रम बढेकोले सबैलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो । फेसबुक, ह्वाट्सएप लगायतका अकाउन्ट ह्याक गरी आर्थिक सहयोग माग्ने, चिठ्ठा परेको भन्दै राजस्व तिर्न लगाउने, सस्तो सामान देखाएर अग्रिम भुक्तानी माग्ने जस्ता ठगी तीव्र भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक सहयोगका सन्देश आएमा पहिले सम्बन्धित व्यक्तिलाई फोन वा प्रत्यक्ष भेटेर यकिन गर्नुपर्छ ।

अपरिचित नम्बरबाट आउने भिडियो कल र लिङ्क नखोल्न, ओटीपी कोड नदिन, स्क्रिन–शेयर नगर्न, व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा नराख्न र पासवर्ड कसैलाई नदिन प्रहरीको सुझाव छ । अनलाइन किनमेलमा अधिकृत बिक्रेता पुष्टि गर्न र क्यास–अन–डेलिभरी विकल्प प्रयोग गर्न प्रहरीले विशेष आग्रह गरेको छ । सबै प्रयोगकर्तालाई सामाजिक सञ्जाल र अनलाइन कारोबारमा सचेत र सावधान रहन प्रहरीले अनुरोध गरेको छ ।

मुख्य समाचार

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.