Alag Dhar

कोदो थन्क्याउन व्यस्त गुल्मीका किसान

मकवानपुर । यतिबेला ग्रामीण क्षेत्रका किसानहरु खेतबारीमा कोदो थन्क्याउने काममा निकै व्यस्त देखिएका छन्। गुल्मीको ग्रामीण क्षेत्रका किसानहरु कोदो स्याहार्न थालेका छन्।

कोदो स्याहार्ने यो समयमा मौसमले निकै साथ दिएको हुँदा गाउँगाउँमा किसानहरुको चहलपहलसँगै निकै व्यस्त देखिएका छन्। यसैक्रममा मदाने गाउँपालिका वडा १ अग्लुङ्गका किसानहरु कोदो काटेर स्याहार्न निकै व्यस्त देख्न सकिन्छ।

कोदो स्याहार्ने यो समयमा मौसमले निकै साथ दिएको हुँदा किसानहरु निकै खुसी देखिएका छन्। गुल्मीको ग्रामीण क्षेत्रको मुख्य खाद्यान्नको रुपमा रहेको कोदो भएको हुँदा यस क्षेत्रका किसानले विगतदेखि कोदो उत्पादन गर्दै आएका छन्। जिल्लाको पश्चिमी ग्रामीण क्षेत्र मदाने गाउँपालिका–१, अग्लुङ्ग ओख्लेदहका किसान धनबहादुर विश्वकर्माले विगतदेखि नै कोदो खेती गर्दै आउनुभएको छ। कोदो स्याहार्ने यो समयमा छिमेकी सबै मिलेर काम गर्ने चलन रहेको उहाँले बताउनुभयो। विशेषगरी कोदो, मकै यस क्षेत्रको मुख्य खाद्यान्न रहे पनि अहिले धेरैजसोले कोदो उत्पादन गर्न छाडेका छन्।

बाहिरबाट चामललगायतका विभिन्न खाद्यान्न सामग्री खरिद गर्ने हुँदा यहाँको रैथाने बाली उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो। कोदोसँगै अन्य रैथाने बाली संरक्षणमा सरोकारवासँगै स्वयम् किसानले समेत विशेष ध्यान दिन जरुरी रहेको किसान विश्वकर्माको भनाइ छ। सोही स्थानका अर्का रेमबहादुर विश्वकर्मा पनि कोदो स्याहार्न निकै व्यस्त देखिनुभएको छ। कोदो स्याहार्नका लागि सबै परिवार मिलेर काम गरेको बताउनुभयो। उहाँले पनि यहाँ विगतदेखि नै कोदो उत्पादन गर्दै आउनुभएको छ। आफूले कोदो, मकै, धान उत्पादन गर्दै आएको सुनाउँदै रेम बहादुरले रैथाने बाली संरक्षण गर्न उत्पादनमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो।

यस जिल्लमा प्रत्येक वर्ष कोदो उत्पादनमा गिरावट आएको छ। कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार कोदो उत्पादनको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व पनि घट्दै गएको हो। विशेषगरी पछिल्लो समय बसाइँसराइ, वैदेशिक रोजगार, जनशक्ति अभावका कारण कोदो उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। यसवर्ष दुई हजार ८२२ दशमलव पाँच हेक्टर क्षेत्रफलमा तीन हजार ६१२ दशमलव आठ मेट्रिकटन उत्पादन हुने अनुमानित प्रक्षेपण गरिएको छ। यस जिल्लाको इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकालाई कोदोको मुख्य पकेट क्षेत्र मानिएको छ। बीउ उत्पादनका क्रममा जङ्गली जनावर, जङ्गली बाख्रा खरायोलगायतका जनावरले किसानलाई निकै समस्या दिएको छ।

मुख्य समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

मकवानपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएक...
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–...
हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.