२०८२ मंसिर ५, शुक्रबार १२:१०
२०८२ मंसिर ५, शुक्रबार १२:१०
मकवानपुर । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पोखरा–जामुने (पश्चिम) खण्डमा तीव्र गतिमा भइरहेको कालोपत्र कार्यसँगै यात्रा सहज र सुरक्षित बन्दै गएको छ । ३८ किलोमिटर लामो यस खण्डमध्ये ३७ किलोमिटर एकतर्फी कालोपत्र सम्पन्न भइसकेपछि दैनिक यात्रु, व्यापारी तथा एम्बुलेन्स आवागमन सहज भएको स्थानीयले बताएका छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले भन्नुभयो, “धेरै भागमा कालोपत्र सकिएकोले यात्रा धेरै सहज भएको छ । ” इञ्जिनियर सहनशीला कायस्थका अनुसार विस्तार कार्यले तीव्र गति लिएको छ । उहाँका अनुसार समग्र भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ । हालसम्म २९.६१ किमि चार लेन र ७.७९ किमि दुई लेन कालोपत्रे कार्य पूरा…