Alag Dhar

पृथ्वीराजमार्ग मुग्लिन-पोखरा सडक स्तरोउन्नती : कालोपत्रसँगै यात्रा सहज

मकवानपुर । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पोखरा–जामुने (पश्चिम) खण्डमा तीव्र गतिमा भइरहेको कालोपत्र कार्यसँगै यात्रा सहज र सुरक्षित बन्दै गएको छ ।

३८ किलोमिटर लामो यस खण्डमध्ये ३७ किलोमिटर एकतर्फी कालोपत्र सम्पन्न भइसकेपछि दैनिक यात्रु, व्यापारी तथा एम्बुलेन्स आवागमन सहज भएको स्थानीयले बताएका छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले भन्नुभयो, “धेरै भागमा कालोपत्र सकिएकोले यात्रा धेरै सहज भएको छ । ”

इञ्जिनियर सहनशीला कायस्थका अनुसार विस्तार कार्यले तीव्र गति लिएको छ । उहाँका अनुसार समग्र भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ । हालसम्म २९.६१ किमि चार लेन र ७.७९ किमि दुई लेन कालोपत्रे कार्य पूरा भएको छ । जसमध्ये १८.८ किमि दुई लेन सडकमा दोस्रो तह (अल्फाट) कालोपत्र सम्पन्न भएको छ । सर्भिस लेनको ३.०४ किमि कालोपत्र र चालु आर्थिक वर्षमै १४ किमि कालोपत्रे कार्य पूरा भएको छ । यस अवधिमा २ वटा कल्भर्ट निर्माण भएका छन् भने कूल १०५ कल्भर्ट सम्पन्न भइसकेका छन् ।

पश्चिम खण्डअन्तर्गत लक्ष्यबमोजिम १२ मध्ये ११ पुल निर्माण सकिएका छन् । पोखराको सेती नदीमा निर्माणाधीन पुलमा ५१.६१ प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर टोलीले जनाएको छ। सो पुलमा आवश्यक ४ वटा पाइलक्याप र १२० वटा पाइल निर्माण भइसकेका छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.