Alag Dhar

नवलपुरमा बस दुर्घटना : २० भन्दा बढी घाइते

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार बिहान १० बजे तिर नारायणघाटबाट बुटवलतर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुमध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रही कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । बस सडकबाट करिब १५ मिटर तल खाल्डोमा खसेको हो । घाइतेहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.