Alag Dhar

सप्तरीमा क्रिकेट खेलेर फर्केका भाईको मृत्यु, दाजु बेहोस

मकवनजपुर । सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाईको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन् ।

शनिबार घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्किएका शम्भुनाथ नगरपालिका १ निवासी १३ वर्षीय राकेश यादवको यसरी मृत्यु भएको हो भने १६ वर्षीय दाजु रुपेश यादव बेहोस भएर अस्पताल भर्ना भएका हुन् ।

खेल मैदानबाट घर फर्के लगत्तै राकेश बेहोस भई ढलेको र तत्काल उहाँको मृत्यु भएको बुवा किसुनदेव यादवले बताउनुभयो ।

अहिले उहाँको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

मृत्युका कारण भने खुल्न सकेको छैन । एकथरीले खेल मैदानको साइडमा रहेको झारपातमा विषालु सर्षले डसेको हुन सक्ने अनुमान गरेका छन् भने अर्कोथरीले खेल मैदानबाट घर फर्किने क्रममा बटोमा विषदीयुक्त खानेकुरा खाएपछि यस्तो दुःखद घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक पुरीले मृत्युका कारण पोस्टमार्टको रिपोर्टपछि खुल्ने र घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.