Alag Dhar

Day: २०८२ मंसिर ७, आईतवार १२:०१

एनपीएलमा सट्टेबाजी अरोपमा ८ भारतीय पक्राउ

एनपीएलमा सट्टेबाजी अरोपमा ८ भारतीय पक्राउ

मकवानपुर ।  नेपाल प्रिमियर लिग(एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो ।…
Read More
सहकारीलाई धान नबिक्ने चिन्ता

सहकारीलाई धान नबिक्ने चिन्ता

मकवानपुर । सरकारले तोकेको समर्थन मूल्यमा आफ्ना शेयर सदस्य किसानको धान खरिद गरिरहेका सहकारी संस्थालाई धान नबिक्ने चिन्ताले सताउन थालेको छ । धान खरिद गरिरहेको सहकारीले धान बिक्रीका लागि पहल गरिदिन सरकारसमक्ष अनुरोध गरेका छन् । यस वर्ष धान व्यापारीहरूले समर्थन मूल्यभन्दा न्यून मूल्यमा धान खरिद गरेपछि सहकारी र खाद्य संस्थानलाई धान खरिदका लागि दबाव बढेको छ । मधुवन, ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिकाका सहकारीले आफ्ना शेयर सदस्य किसानको धान खरिद गरेका छन् । मधुवन नगरपालिका भित्रका ४ वटा सहकारीले १७ सय क्विन्टल, ठाकुरबाबाको एक सहकारीले चार हजार क्विन्टल, बारबर्दियाको एक सहकारीले दुई हजार क्विन्टल र बाँसगढीका तीन वटा सहकारीले…
Read More
कर्मचारीले समयमै निर्णय नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको छ : मन्त्री घिसिङ

कर्मचारीले समयमै निर्णय नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको छ : मन्त्री घिसिङ

मकवानपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले जिम्मेवारीको निर्णय समयमै नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहनु परेको बताउनुभएको छ । नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षता देखाउन नसक्दा र समयमै निर्णय नगर्दा आयोजना कार्यान्वयनमा जटिलता देखिएको बताउनुभयो । आयोजना समयमा सम्पन्न हुन नसक्दा त्यसबाट प्राप्त रोजगारी सिर्जना, उत्पादकत्व, कुल ग्राहर्थ्य उत्पादनमा योगदानजस्ता लाभ प्राप्त हुन नसकेको घिसिङले उल्लेख गनुभयो । ‘धेरै आयोजनामा काम नहुने निर्माण व्यवसायीका कारणले मात्र नभएर आयोजनाका तर्फबाट गर्नुपर्ने निर्णय समयमै नहुँदा पनि समस्या…
Read More
खेलाडी आफैले  क्रिकेट पिच निर्माण

खेलाडी आफैले क्रिकेट पिच निर्माण

मकवानपुर । सप्तरीका क्रिकेट खेलाडी क्रिकेट अभ्यासका लागि श्रमदान गरेर पिच निर्माण गर्न जुटेका छन् । अभ्यासका लागि अति आवश्यक रहेको नेट पिचको समस्या झेल्दै आएपछि उनीहरूले आफै श्रमदान गरेर पीच निर्माणमा जुटेका हुन् । पिच अभ्यासका लागि स्थानीय खेलाडीहरूले राजविराज पाँचस्थित रहेको पविमाबिको क्रिकेट मैदानको दक्षिणमा रहेको खालि ठाउँमा पिच निर्माणका लागि श्रमदान गरेर काम सुरु गरेको क्रकेट खेलाडी सुशान्त देवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले सप्तरीमा क्रकेट खेल महत्त्व बढेको बेला खेलाडीलाई निरन्तर अभ्यास गर्ने पिच नभएपछि हामी खेलाडीहरू स्पयं श्रमदान गरेर पिच निर्मानमा जुटेका हौँ ।’’ राजविराजस्थित पविमाबि क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन हुदै आएपनि खेलाडीहरूको…
Read More
गुल्मीमा  हराएकी महिला १० दिनपछि मृत फेला

गुल्मीमा हराएकी महिला १० दिनपछि मृत फेला

मकवानपुर । गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने ४० वर्षीया सीता थापा १० दिनपछि मृत अवस्थामा फेला परेकी छन्। कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नगरी घरबाट हिँडेकी थापा खोजतलास क्रममा नभेटिएपछि मङ्सिर ४ गते प्रहरी चौकी धनार्जेमा हुलियासहितको निवेदन दिइएको थियो। खोजतलास जारी रहँदा जिल्ला गुल्मी धुर्कोट गाउँपालिका–५ कुम्ला बनडाँडा स्थित मुक्तिनाथ भण्डारीको ढुङ्गा माटोले छाएको खाली घरमा थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले घटनास्थल तत्काल सुरक्षित गर्दै प्रारम्भिक अनुसन्धान सुरू गरेको छ। इलाका प्रहरी चौकी धुर्कोटबस्तुबाट प्रहरी सहायक निरीक्षक शारदा भट्टको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो ।…
Read More
खर काट्न व्यस्त महिला

खर काट्न व्यस्त महिला

मकवानपुर । पहाडी जिल्लाको ग्रामीण भेगका महिला खर काट्नमा निकै व्यस्त छन्। घर गोठ छाउनुका साथै गाईवस्तुका लागि दसैँ अघिदेखि खर काट्न ग्रामीण भेगका महिला निकै व्यस्त रहेका छन्। छिमेकी सबै मिलेर खर काट्ने र त्यसलाई टौवा बनाएर स्यार्ने गर्छन्। विशेषगरी महिला सबै मिलेर खर काट्ने गर्छन्। बिहानमा आफ्नो घरको काम गर्ने र दिनभरी सबै मिलेर एकअर्काको भीरपाखामा रहेको खर काट्ने अनि साँझ मात्र घरमा फर्किने चलन ग्रामीण भेगमा अझै छ। सुख, दुःखका कुरा गर्दै छिमेकी दिदीबहिनी खर काट्नमा निकै व्यस्त देखिन्छन्। अहिले काटेर राखेको खरले घर गोठ छाउनुका साथै हिउँद र वर्षाको समयमा गाईवस्तुलाई खुवाउन निकै सजिलो हुने गरेको…
Read More
गृह जिल्लामा सञ्चारमन्त्री

गृह जिल्लामा सञ्चारमन्त्री

मकवानपुर । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आइतबार आफ्नो गृह जिल्ला दोलखा पुग्नुभएको छ। दोलखा पुग्नुभएका मन्त्री खरेल विभिन्न कार्यक्रमहरुमा सहाभागी हुनुहुने बताइएको छ । जन्मस्थल जिल्लाको कालिन्चोक गाउँपालिका –८, सुनखानी पुगेपछि स्थानीयवासीहरूले मन्त्री खरेललाई बाजागाजासहित स्वागत तथा अभिनन्दन गर्नुभएको थियो। जिल्ला प्रवेश गरेलगत्तै मन्त्री खरेलले आफ्नै जन्मस्थानस्थित कालिनाग मन्दिरको दर्शन गरी पूजा अर्चना गर्नुभएको थियो। स्थानीय स्तरमा आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा मन्त्री खरेलले आफूलाई दिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने बताउनुभएको छ। मन्त्री खरेल आइतबार राति सदरमुकाम चरिकोटमै बास बस्ने कार्यक्रम रहेको साथै सोमबार जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँग छलफल तथा बैठकमा सहभागी…
Read More
दुर्गा प्रसाईंको आन्दोलन फिर्ता

दुर्गा प्रसाईंको आन्दोलन फिर्ता

मकवानपुर । दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता गरिएको छ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबिच शनिबार भएको वार्तामा यस्तो सहमति भएको हो । महाअभियानका नाममा प्रसाईंले आइतबारदेखि आन्दोलन गर्ने बताउँदै आएका थिए । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको बताइएको छ । वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बू नेतृत्वको टोली सहभागी थियो । साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं हुनुहुन्थ्यो । सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो । वार्ता…
Read More
भालुको आक्रमणबाट तीन जना घाइते

भालुको आक्रमणबाट तीन जना घाइते

मकवानपुर । जिल्लाको सिमकोट गाउँपालिका–५ सिमस्थित घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका– ५ बस्ने ५९ वर्षका लक्ष्य रावत, उहाँकी श्रीमती वर्ष ५५ की बाचु रावत र ३८ वर्षीया रजनी रावत हुनुहुन्छ । आइतबार बिहान ६ः१० बजेको समयमा सिम क्षेत्रमा गएको बेला भालुको आक्रमणमा परि घाइते भएकारूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । लक्ष्य रावतको टाउकोमा, बाँचु रावतको दाइने हात, गालामा र रजनीको छातीमा चिथोरेको पोखरेलले बताउनुभयो । सदरमुकाम सिमकोट नजिकै भालुको आक्रमणमा परेर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको…
Read More
गृहमन्त्री आर्याल र निवर्तमान सांसद खतिवडाबिच भेटवार्ता

गृहमन्त्री आर्याल र निवर्तमान सांसद खतिवडाबिच भेटवार्ता

मकवानपुर । गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले भेटवार्ता गर्नुभएको छ ।चम्पादेवी–०६, ओखलढुङगा घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको सन्दर्भमा, उक्त निर्णयलाई यथाशीघ्र कार्यान्वयन गराउन अनुरोध गर्नुहुँदै निवर्तमान सांसद खतिवडाले गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगालसँग आइतबार विशेष भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा खतिवडाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी फागुन २१ गते हुने निर्वाचनमा जाने आधिकारिक निर्णय गरिसकेकाले मुलुकभर शान्ति–सुरक्षाको वातावरण मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुन आवश्यक पूर्वाधार तथा सुरक्षा तयारी तत्काल अघि बढाउन आग्रह गर्नुभयो । यससँगै, हाल केही अराजक समूहहरूले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.