Alag Dhar

खेलाडी आफैले क्रिकेट पिच निर्माण

मकवानपुर । सप्तरीका क्रिकेट खेलाडी क्रिकेट अभ्यासका लागि श्रमदान गरेर पिच निर्माण गर्न जुटेका छन् ।

अभ्यासका लागि अति आवश्यक रहेको नेट पिचको समस्या झेल्दै आएपछि उनीहरूले आफै श्रमदान गरेर पीच निर्माणमा जुटेका हुन् ।

पिच अभ्यासका लागि स्थानीय खेलाडीहरूले राजविराज पाँचस्थित रहेको पविमाबिको क्रिकेट मैदानको दक्षिणमा रहेको खालि ठाउँमा पिच निर्माणका लागि श्रमदान गरेर काम सुरु गरेको क्रकेट खेलाडी सुशान्त देवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले सप्तरीमा क्रकेट खेल महत्त्व बढेको बेला खेलाडीलाई निरन्तर अभ्यास गर्ने पिच नभएपछि हामी खेलाडीहरू स्पयं श्रमदान गरेर पिच निर्मानमा जुटेका हौँ ।’’

राजविराजस्थित पविमाबि क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन हुदै आएपनि खेलाडीहरूको लागि आवश्यक पर्ने नेट पिच नहुँदा नियमित अभ्यासमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।

पिच निर्माणका लागि सम्बन्धित निकाय तथा सरकारको सहयोग आवश्यक रहेको सप्तरीका राष्ट्रिय खेलाडी अमित यादवले गुनासो बताउनुभयो ।

उहाँले भन्नुभयो, पिचको अभावमा जिल्लाका खेलाडीहरूले नियमित अभ्यास गर्न नपाउँदा प्रतियोताहरूमा चाहेर पनि राम्रो प्रदर्शन गर्न खेलाडीका लागि ठूलो चुनौती रहेको बेला पिच निर्माणका लागि खेलाडी आफै जुटेको सकारात्मक छ ।

अभ्यासका लागि उपयुक्त पूर्वाधार अत्यावश्यक छ । पूर्वाधार निर्माणका लागि आवश्यक सामाग्री उपलब्ध गराउन सम्बन्धि निकायले ध्यान दिनुपर्ने पूर्व राष्ट्रिय खेलाडी पवन दासले जानकारी दिनुभयो ।

सप्तरी क्रिकेट सङ्घ र केही खेलप्रेमीले सहयोग गरे पनि पिच निर्माणका लागि आवश्यक इट्टा, बालु, सिमेन्ट र श्रमिक खर्च अभाव रहेको क्रिकेट खेलाडी अमित यादवले बताउँनुभयो ।

पविमाबि मैदानलाई राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट मैदान बनाउन संघको पहलमा मधेश प्रदेश सरकारले साइड स्किन, टर्फ पिच, खेलाडी पेभिलियन लगायतका पूर्वाधार निर्माण कार्य पूरा गरिसकेको भएपनि अभ्यासका लागि नेट पिचको खेलाडीहरूले समस्या भोग्दै आउनुपरेको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिनुभयो ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.