Alag Dhar

कञ्चनपुरमा १२ हजारभन्दा बढी मतदाता थपिए

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा १२ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय गत शुक्रबार सकिएको थियो । शुक्रबारसम्म जिल्लामा १२ हजार ३२ नयाँ मतदाता दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

यसमध्ये चार हजार १९९ जनाको नाम बायोमेट्रिक्समार्फत र सात हजार ८३३ जनाको नाम राष्ट्रिय परिचयपत्रमार्फत दर्ता गरिएको कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताउनुभयो ।

उहाँका अनुसार, दुई हजार ५१३ पुरुष र एक हजार ६८६ गरी चार हजार १९९ जनाले कार्यालयमा आएर फोटो खिचाएर नामावली दर्ता गराएका थिए । कात्तिक २९ गतेदेखि आयोगले राष्ट्रिय परिचयपत्र वाहले जुनसुकै स्थानबाट पनी मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको सूचना अधिकारी महराले बताउनुभयो ।

यसैगरी, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८० प्रतिशत जेनजी समूहका युवाहरूले मतदाता परिचय पत्रका लागि नयाँ नामावली दर्ता गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार, यस पटक युवाहरूको उल्लेख्य मात्रामा सहभागिता देखिएको छ । आगामी फागुन २१ तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न योग्य मतदाताहरूको अन्तिम नामावली प्रकाशनमा भने केहि समय लाग्ने कार्यालयले जनाएको छ ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.