Alag Dhar

गुल्मीमा नाम्लाको पासो लाग्दा एक बालक घाइते

मकवानपुर । खेल्ने क्रममा नाम्लाको पासो लाग्दा गुल्मीमा एक बालक घाइते भएका छन् । सोमबार साँझ यस जिल्लाको सत्यवती गाउँपालिका–५ हँसराका गोबिन्द माझकोटीको छोरा नौ वर्षीय माधव माझकोटी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मका अनुसार आफ्नै घरमा नाम्लोको डोरीले पिङ हाली खेल्ने क्रममा एक्कासी डोरी घाँटीमा बटारिन जाँदा बालक घाइते हुनुभएको हो । घाइते हुनुभएका बालकलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ ।

उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । निजको उपचारमा बुवा गोबिन्द माझकोटी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.