Alag Dhar

हेटौँडा सडक विस्तारका लागि हेभी इक्विप्मेन्ट डिभिजन तयारीमा

मकवानपुर । हेटौँडाको सडक विस्तार गर्न हेभी इक्विप्मेन्ट डिभिजन हेटौँडा तयारी अवस्थामा रहेको बताइएको छ । डिभिजन सडक कार्यालयले सडक विस्तार गर्न सडकको क्षेत्राधिकारभित्र रहेका भौतिक संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै हेभि इक्विप्मेन्ट डिभिजन तयारी अवस्था रहेको बताइएको छ ।

घर भत्काउने र सडक निर्माणलगायतका कार्यका लागि आवश्यक पर्ने मेशिनरी र गाडीहरु आफूहरुसँग पर्याप्त मात्रामा रहेको हेभी इक्विप्मेन्ट डिभिजन हेटौँडाका सूचना अधिकारी बरुणकुमार साहले जानकारी दिनुभयो । पछिल्लो समय हेटौँडाको मुख्य बजार क्षेत्र भएर जाने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको विस्तारको चर्चाले बजार तातेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार सडक सीमा खाली गर्न १५ दिनको म्याद दिएर सूचना जारी गरेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ गज (करिब २२.८६ मिटर) भित्रका सम्पूर्ण स्थायी र अस्थायी संरचना हटाउन १५ दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र नहटाएमा कार्यालय आफैंले भत्काउने र त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गर्ने चेतावनीसमेत सडक डिभिजनले दिएको छ ।

हेभी इक्विपमेन्ट डिभिजन हेटौंडासँग भएका लम्बुङ एक्साभेटर, ह्विल एक्साभेटर, लोडर, जेसिबी, टिपर, ट्रकलगायतका गाडीहरु तयारी अवस्थामा रहेको र कार्यालयले जुनसुकै बेला पनि प्रयोग गर्न सक्ने सूचना अधिकारी साहको भनाइ छ । थप उपकरण आवश्यक परेमा काठमाडौंबाट पनि मगाउन सक्ने उहाँले जानकारी दिनुभयो । सडक डिभिजनलाई निजी कम्पनीहरुको भर पर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

सडक विस्तारको विषयलाई लिएर हेटौँडावासीको भने मिश्रित प्रतिक्रिया छ । सडक विस्तार गर्ने सरकारी योजनामा अधिकांश सकारात्मक छन् । तर, केहीले घर, जग्गाको मुआब्जा बिना सरकारले सडक विस्तारको प्रयास गर्नु गलत हुने भन्दै आलोचना गरेका छन् । सडक विस्तारको योजनाबाट प्रभावित हुनेहरु नै सडक विस्तारको विपक्षमा नभएको बरु मुआब्जा दिएर सडक विस्तार गर्न माग गर्दै आएका छन् । लामो समयदेखि सडक विस्तारको प्रयास हुने र रोकिने क्रम चलिरहँदा यस पटक पनि सडक विस्तारको कार्य अगाडि नबढ्ने आशंका समेत भइरहेको छ । तर, हेभी इक्विप्मेन्ट डिभिजन भने तयारी अवस्थामा छ ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.