Alag Dhar

एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको मध्यम लक्ष्य

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनायो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाउनुभयो । उहाँले ३६ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै दीलिप नाथले ३१, डी’आर्की सर्ट र सुमित महर्जनले समान १८/१८ र गुलवदिन नईवले ११ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले तीन तीन विकेट लिनुभयो । यस्तै हेमन्त धामीले दुई तथा स्कट कग्लेइजनले एक विकेट लिनुभयो ।

लिगमा अपराजित सुदूरपश्चिम आजपनि आफ्नो लय कायम राख्ने तयारीमा छ । यता लुम्बिनी सुदूरपश्चिमलाई रोक्दै प्लेअफतर्फ लम्कने प्रयासमा छ ।

अघिल्ला तीन खेलमा अपराजित सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । तीन खेलमा एउटा मात्र जित निकालेको लुम्बिनी दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

मुख्य समाचार

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल...
आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

काठमाण्डौं । देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेक...
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति ...
जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौं । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.