२०८२ मंसिर ११, बिहीबार ११:४७
२०८२ मंसिर ११, बिहीबार ११:४७
मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि साविक विजेता जनकपुर बोल्ट्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनायो । पोखराका लागि सुमीत वर्माले सर्वाधिक खविजित ५० रन बनाउनुभयो । यस्तै ओपनर दिनेश खरेलले ३८, त्रित राज दासले २९ र एडम रोसिङ्टनले २४ रन बनाउनुभयो । बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले तीन विकेट लिनुभयो । अनिल शाह र ललित राजवंशीले एक एक विकेट लिनुभयो । जारी एनपिएलको अघिल्ला दुई खेलमा लगातार हार खेपेका दुवै टोली आज…