Alag Dhar

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

मकवानपुर । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६- परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजिएस)ले जनाएको छ । युएसजिएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन ।

भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११:५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ । भूकम्पपछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको “कुनै खतरा” नभएको बताएको छ । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बिएमकेजी)ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको बताएको छ ।

इन्डोनेसिया, दक्षिणपूर्व एसियाको एक विशाल द्वीपसमूह, प्रशान्त क्षेत्रमा अवस्थित भएको कारण बारम्बार भूकम्पको सामना गर्ने गरेको जनाइएको छ । जनवरी २०२१ मा सुलाबेँसी टापुमा ६.२ म्याग्निच्युडको भूकम्प जादा एक सय भन्दा बढीको ज्यान लिनुका साथै हजारौलाई घरबार विहीन बनाएको थियो । सन् २०१८ मा पालू, सुलाबेँसीमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.