Alag Dhar

नेपालगन्जमा प्रहरीद्वारा गोली र पेस्तोल बरामद

मकवानपुर । केही दिनदेखि बाँकेका विभिन्न स्थानमा सुरक्षा चेकजाँच कडा पार्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट पेस्तोल र गोली बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्ज २ बसपार्क क्षेत्रबाट गस्तीमा रहेको प्रहरीले पेस्तोल बरामद गरेको बताउनुभयो ।

उहाँले पेस्तोलसँगै म्याग्जिन र दुई राउण्ड गोलीसमेत बरामद गरिएको जनाउनुभयो ।

सो पेस्तोल कसले ल्याएको वा कसले प्रयोग गरेको हो भन्ने कुरा यकिन हुन नसके पनि उक्त पेस्तोल प्रयोग गरेको आशङ्कामा प्रहरीले बसपार्क क्षेत्रबाटै एक जनालाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो ।

सो पेस्तोल र गोली बरामद भएको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले सो बारेमा सबै कुरा छानबिन भइरहेको बताएको छ ।

पछिल्लो समयमा प्रहरीले जिल्लाको नेपाल भारत नाकासहित अन्य विभिन्न शङ्कास्पद स्थानहरुमा समेत निगरानी कडा पार्दै लगेको छ । सोही कारणले भारतबाट अवैध आयात गर्नेहरु दैनिकजसो पक्राउ परिरहेका छन् भने अदालतबाट सजाय तोकिएका फरारहरु पनि दैनिकजसो पक्राउ परिरहेका छन् ।

बाँकेमा अवैध आयात, लागुऔषध नियन्त्रण र अवैध हातहतियारको खोजीमा प्रहरीले बिशेष अभियान नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले बताउनुभयो ।

उहाँले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा व्यवस्था बलियो हुनु अपरिहार्य भएकोले हरीले जिल्लामा सुरक्षा कडा पार्दै गएको बताउनुभयो ।

मुख्य समाचार

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल...
आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

काठमाण्डौं । देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेक...
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति ...
जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौं । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.