Alag Dhar

कञ्चनपुरका औषधी व्यवसायी आन्दोलित

मकवानपुर । कञ्चनपुरमा औषधी व्यवसायीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलित बनेका छन् । औषधी ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ तत्काल खारेज गर्नुपर्ने मागसहित औषधी व्यवसायीहरूले जिल्लामा दैनिक दुई घण्टा व्यवसाय बन्द गरेर हातमा कालो पट्टी बाँध्दै आन्दोलित भएका हुन् ।

नेपाल औषधी व्यवसायी संघ, नेपाल पशुपक्षी औषधी व्यवसायी संघ र नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघमा आबद्ध व्यवसायीहरू संयुक्तरुपमा आन्दोलनमा होमिएका छन् । सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे उनीहरूले दफा ११ को उपदफा ३ संशोधन, उपदफा ५ खारेज गर्नुपर्ने लगायतका मागहरू सहित आन्दोलनमा उत्रिएको बताएका छन् ।

सरकारले नयाँ संशोधन गरेको प्रावधानअनुसार दर्ता नवीकरण म्याद सकिएको भोलि पल्टदेखि १०० प्रतिशत जरिवाना र ३१ औँ दिनपछि व्यवसाय स्वतः रद्द हुने व्यवस्था छ, जसले व्यवसायीलाई पलायन हुने अवस्था सिर्जना गरिरहेको र सोही कारण आन्दोलनमा उत्रनु परेको नेपाल औषधि व्यवसायी सङ्घ सुदूरपश्चिमका अध्यक्ष गजेन्द्र लेखकले बताउनुभयो ।

औषधी ऐनको दफा ११ को उपदफा ३ र ५ व्यवसायीहरूको लागि ‘अव्यवहारिक’ भएकाले तत्काल संशोधन तथा खारेजीको माग गरिनुपर्ने व्यवसायीले माग गर्दे आएका छन् । सरकारले विसं २०८२ साउन १४ गते औषधि व्यवसायीहरुलाई धराशायी पार्ने र व्यवसायीलाई विस्थापित गर्ने ढङ्गले दफा ११ संशोधन गरिएको भन्दै उक्त दफा पूर्णतया खारेज गरिनुपर्ने उनीहरूले माग राखेका हुन् ।

मङ्सिर ११ गतेदेखि उनीहरूले औषधी पसल अगाडी कालो पट्टी बाँध्ने, दैनिक दुई घण्टा व्यवसाय बन्द गर्ने लगायत सांकेतिकरुपमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले माग पुरा नहुन्जेल थप आन्दोलनका कार्यक्रम अगाडी सारिने बताएका छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.