Alag Dhar

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक

मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।

उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो।

बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो।

उनलाई आइतबार अस्पताल लगिएको थियो।

७७ वर्षीय उनको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको सिभिल अस्पताले जानकारी दिएको छ।

‘उहाँलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन, अवस्था गम्भीर थियो। उपचार क्रममा आज मध्याह्न निधन भएको हो,’ अस्पताल स्रोतले सेतोपाटीसँग भन्यो।

स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।

आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन् भने रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.