Alag Dhar

भारतको बलरामपुरमा बस दुर्घटना

मकवानपुर । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बस दुर्घटना हुँदा दुई जना नेपाली यात्रुको मृत्यु भएको छ।

शुभसाइत ट्राभल्सका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।

२४ जना यात्रु गम्भीर घाइते भएका छन्।

सोमबार राति २ बजे आसपास नेपाली यात्रु लिएर गएको यूपी २२ एटी ०२४५ को बस बलरामपुर आसपासमा दुर्घटनामा परेको हो।

उक्त बसमा बुटवलको शुभसाइत ट्राभल्सबाट टिकट काटेर गएका ४५ जना यात्रुहरू चढेका थिए।

यात्रुहरूको टिकट काटिदिएको शुभसाइत ट्राभल्सका अनुसार बसमा गएका सबै यात्रुहरू बुटवलबाटै गएकोले मृतक र घाइतेहरू अधिकांश बुटवल र आसपासका रहेका छन्।

उक्त बस भारतीय ट्रकसँग ठोक्किएपछि आगो लागेपछि जलेर यात्रुहरूको मृत्यु भएको र घाइते भएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने उक्त घटनाबारे कुनै जानकारी नआएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले भारतीय बस दुर्घटनामा परेको केही सञ्चार माध्यमबाट थाहा पाए पनि बुटवलबाट गएका यात्रुहरू चढेको बस हो भन्ने आफूहरूलाई जानकारी नभएको बताए।

‘बुटवलबाट गएका यात्रु चढेको बस दुर्घटनामा परेकोबारे जानकारी छैन, अब बुझ्दैछौं,’ उनले भने।

मुख्य समाचार

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल...
आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

काठमाण्डौं । देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेक...
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति ...
जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौं । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.