Alag Dhar

Day: २०८२ मंसिर १६, मंगलवार १२:०४

मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन आयोजना  गर्दै

मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन आयोजना गर्दै

मकवानपुर । सर्वोच्च अदालतको परमादेश पश्चात् २४ घण्टाभित्र विश्वासको मत नलिएका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन् । आज साँझ ५:३० बजे मुख्यमन्त्रीको सरकारी आवासमा पत्रकार सम्मेलन राख्न लागिएको हो । विश्वासको मत लिने अथवा राजीनामा गर्नेबारे आज दिनभर मुख्यमन्त्री यादवले पार्टीभित्र र कानुनविदहरूसँग छलफल गरेका छन् । राति ८ बजे नै इमेलमार्फत सर्वोच्चको परमादेश प्रदेश सभा मुख्यमन्त्री कार्यालयमा आइसकेको छ । आज राति ८ बजे २४ घण्टा समय समाप्त हुँदैछ । यदी उनले विश्वासको मत नलिए र राजीनामा समेत नगरेको खण्डमा राति ८ बजे उनी पदमक्त हुने छन् ।
Read More
पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो : डब्ल्युएचओ

पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो : डब्ल्युएचओ

मकवानपुर । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा ह्युनन इम्युनोडेफिसियन्सी भाइरस (एचआइभी)को महामारी बढेको उल्लेख गर्दै पछिल्लो १५ वर्षमा नयाँ सङ्क्रमण २०० प्रतिशतले बढेको जनाइएको छ । सन् २०१० मा १६ हजार एचआइभी सङ्क्रमितको सङ्ख्या भएकोमा २०२४ मा यो सङ्ख्या बढेर ४८ पुगेको डब्ल्युएचओले जनाएको छ । यो जानकारी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युएनएड्सले विश्व एड्स दिवस मनाउन आयोजना गरेको कार्यक्रमका सहभागीबिच सार्वजनिक गरेको हो । एचआइभीले विगतमा मुख्यतया उच्च जोखिममा रहेको मानिसलाई असर गरेको भएता पनि हाल बालबालिका र वृद्धवृद्धा लगायत समग्र समुदायलाई असर गरिरहेको जनाइएको छ । मुख्यतया असुरक्षित रक्त आदान प्रदान इन्जेक्सन, सङ्क्रमण रोकथाम…
Read More
कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

मकवानपुर । रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा-२ नामक ट्याङ्करमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ । केही दिनअघि मात्र युक्रेनी नौसेना ड्रोनले दुई रूसी ‘छाया फ्लीट’ (स्याडो फ्लीट) ट्याङ्करलाई लक्ष्य बनाएको पृष्ठभूमिमा यो पछिल्लो घटना भएको हो । टर्कीको समुद्री मामिला महानिर्देशालयका अनुसार ट्याङ्कर टर्कीको तटबाट करिब १३० किलोमिटर टाढा आक्रमणमा परे पनि १३ जना चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् । जहाजले कुनै प्रकारको आपतकालीन सहायता मागेको छैन र यो सिनोप बन्दरगाहतर्फ आफ्नो मार्गमा रहेको जनाइएको छ । प्राधिकरणले एक्समा जारी गरेको विज्ञप्तिमा घटनाको पुष्टि गर्दै समुद्री सुरक्षाबारे निरन्तर निगरानी…
Read More
सवारी दुर्घटनामा ७ जना घाइते

सवारी दुर्घटनामा ७ जना घाइते

मकवानपुर । रौतहटको यमुनामाई गाउँपालिका–४, स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । गौर चन्द्रनिगाहपुर सडक खण्डमा बडहर्वा तर्फबाट आउँदै गरेको एचआर २८ डि ७२२२ भारतीय नम्बरको स्कार्पियो गाडीले चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदैगरेको बिआर ०७ पिए ७५८४ भारतीय नम्बरको स्कार्पियोलाई र बाटोमा रोकी राखेको ना. २ ह. ६५२५ नम्बरको अटोलाई ठक्कर दिँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ठक्करले सो ठाउँमा रहेको विजय साहको होटल समेतमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो । ठक्करबाट एचआर २८ डि ७२२२ नम्बरको स्कार्पियो…
Read More
एम्बुलेन्स दुर्घटनामा दुई  घाइते

एम्बुलेन्स दुर्घटनामा दुई घाइते

मकवानपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् । प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किनेक्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भएको वडाध्यक्ष सुरेशकुमार राईले जानकारी दिए ।
Read More
त्रिवि क्रिकेट मैदानमा कुशलको छक्का प्रहारमा चियर लिडर घाइते

त्रिवि क्रिकेट मैदानमा कुशलको छक्का प्रहारमा चियर लिडर घाइते

मकवानपुर । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् । विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ । जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो । उनी रगताम्मे भएकी थिइन् । घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
Read More
गणित विषयको नतिजा सुधार गर्न शिक्षकलाई तालिम

गणित विषयको नतिजा सुधार गर्न शिक्षकलाई तालिम

मकवानपुर । परीक्षामा गणित विषयको नतिजा सुधार गर्न रेसुङ्गा नगरभित्रका निजी तथा सरकारी विद्यालयका गणित शिक्षकलाई शिक्षण कौशलसम्बन्धि तालिम प्रदान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याब्सन गुल्मीको आयोजनामा तालिम प्रदान गरिएको हो । कार्यक्रममा देवान्त पब्लिकेसन प्रालिले सहजीकरण गरेको थियो । पब्लिकेसनका शैक्षिक निर्देशक तथा गणित विषयका लेखक र प्रशिक्षक हुकुमप्रसाद दाहाल, प्रबन्ध निर्देशक जीवन श्रेष्ठ र निर्देशक निर्मलकुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा प्याब्सन गुल्मीमा आबद्ध विद्यालयमा कक्षा १ देखि १० सम्म अध्यापन गर्ने गणित शिक्षकहरूको उपस्थिति रहेको थियो । विद्यार्थीको गणित विषयमा सिकाइ उपलब्धी वृद्धि गर्न अपनाउनुपर्ने उपायबारे शिक्षकलाई प्रशिक्षण दिइएको प्याब्सन गुल्मीले जनाएको…
Read More
एनपिएल : जनकपुरको पहिलो जित

एनपिएल : जनकपुरको पहिलो जित

मकवानपुर । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । यसअघि खराव नतिजा सामना गरिरहेको जनकपुरले पाँचौँ खेलमा आएर पहिलो जित निकालेको हो । जितसँगै दुई अङ्क बनाएको जनकपुरले प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राखेको छ । यस्तै समान खेलबाट चितवनको चार अङ्क छ । जितका लागि एक सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन जोड्दै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि ओपनर माज सदाकत…
Read More
भारतको बलरामपुरमा बस दुर्घटना

भारतको बलरामपुरमा बस दुर्घटना

मकवानपुर । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बस दुर्घटना हुँदा दुई जना नेपाली यात्रुको मृत्यु भएको छ। शुभसाइत ट्राभल्सका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। २४ जना यात्रु गम्भीर घाइते भएका छन्। सोमबार राति २ बजे आसपास नेपाली यात्रु लिएर गएको यूपी २२ एटी ०२४५ को बस बलरामपुर आसपासमा दुर्घटनामा परेको हो। उक्त बसमा बुटवलको शुभसाइत ट्राभल्सबाट टिकट काटेर गएका ४५ जना यात्रुहरू चढेका थिए। यात्रुहरूको टिकट काटिदिएको शुभसाइत ट्राभल्सका अनुसार बसमा गएका सबै यात्रुहरू बुटवलबाटै गएकोले मृतक र घाइतेहरू अधिकांश बुटवल र आसपासका रहेका छन्। उक्त बस भारतीय ट्रकसँग ठोक्किएपछि आगो लागेपछि जलेर यात्रुहरूको मृत्यु भएको र घाइते भएको…
Read More
विपक्षी दलहरूले मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन  गरे माग

विपक्षी दलहरूले मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन गरे माग

मकवानपुर । मधेश प्रदेश सरकारका विपक्षी दलहरूको गठबन्धनले मधेश प्रदेश सभाको बैठक तत्काल राख्न आग्रह गरेको छ । सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेकाले तत्काल सभाको बैठक राख्न विपक्षी गठबन्धनमा रहेका दलहरूले माग गरेका हुन् । परमादेशमा विश्वासको मत नलिए वा विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्न भनिएको छ । सर्वोच्चको आदेश आएको भोलिपल्टै मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितका दलहरूले उपसभामुख बबिता राउतलाई प्रदेश सभाको बैठक दिउँसो ४ बजे बोलाउन मौखिक आग्रह गरेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.