Alag Dhar

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

मकवानपुर । रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा-२ नामक ट्याङ्करमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ ।

केही दिनअघि मात्र युक्रेनी नौसेना ड्रोनले दुई रूसी ‘छाया फ्लीट’ (स्याडो फ्लीट) ट्याङ्करलाई लक्ष्य बनाएको पृष्ठभूमिमा यो पछिल्लो घटना भएको हो । टर्कीको समुद्री मामिला महानिर्देशालयका अनुसार ट्याङ्कर टर्कीको तटबाट करिब १३० किलोमिटर टाढा आक्रमणमा परे पनि १३ जना चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् ।

जहाजले कुनै प्रकारको आपतकालीन सहायता मागेको छैन र यो सिनोप बन्दरगाहतर्फ आफ्नो मार्गमा रहेको जनाइएको छ । प्राधिकरणले एक्समा जारी गरेको विज्ञप्तिमा घटनाको पुष्टि गर्दै समुद्री सुरक्षाबारे निरन्तर निगरानी गरिने जनाएको छ । यसअघि सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले रूसी जहाज काइरोस र विराटमा भएको युक्रेनी ड्रोन आक्रमणको कडा आलोचना गर्दै यस्तो कार्यले क्षेत्रीय द्वन्द्व ‘चिन्ताजनकरूपमा तीव्र’ भएको चेतावनी दिने भनी टिप्पणी गर्नु भएको थियो ।

उहाँले भन्नुभयो, “हाम्रा विशेष समुद्री क्षेत्रमा नेभिगेसन सुरक्षा, मानवजीवन र वातावरणलाई जोखिममा पार्ने यस्ता आक्रमण हामीले कदापि स्वीकार गर्न सक्दैनौँ । हामीले सबै पक्षलाई आवश्यक चेतावनी दिइरहेका छौँ ।” काइरोस र विराट माथिका आक्रमण टर्कीको विशेष आर्थिक क्षेत्रभित्रै भएका थिए र दुवै जहाजका चालक दल सुरक्षित रहेको बताइएको छ ।

ओपनसेन्क्सन नामक प्रतिबन्ध निगरानी डाटा बेसअनुसार यी जहाज सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्ध चर्किदै जाँदा तीबाट बच्न प्रयोग गरिने ‘छाया फ्लीट’ को हिस्सा मानिन्छन् । युक्रेनले युद्धकालमा रूसी लक्ष्यविरुद्ध विशेषरूपमा विस्फोटक पदार्थले भरिएका समुद्री ड्रोन प्रयोग गर्दै धेरै सफल नौसैनिक आक्रमण गरिसकेको छ । यद्यपि ती प्रायः उत्तरी कृष्ण सागरकै क्षेत्रमा सीमित रहने गरेका थिए । पछिल्लो आक्रमणले द्वन्द्व अब दक्षिणतर्फ फैलिन सक्ने सङ्केत दिएको विश्लेषकको आकलन छ ।

मुख्य समाचार

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगाय...
सुनमा सामान्य गिरावट

सुनमा सामान्य गिरावट

काठमाण्डौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा ...
संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग

संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग

काठमाण्डौं । संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत, दलित, महिला र विशेष गरी अपाङ्गता भएका ...
अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

काठमाण्डौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.