Alag Dhar

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ ।

फिफाको अनुशासन समितिले अमेरिकाको मेटलाइफ रङ्गशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्न अनुशासन तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको छ ।

झडपमा संलग्न कुनै पनि खेलाडी वा प्रशिक्षक निलम्बनमा पर्न सक्छन्, साथै अर्जेन्टिनी फुटबल सङ्घ ९एएफए० लाई पनि जरिवाना हुन सक्छ ।

अस्ति आइतवार बिहान १–० ले हार बेहोरेपछि अर्जेन्टिनाको टोलीका सदस्य तथा सहायक कर्मचारीहरू र स्पेनका खेलाडीहरूबीच भनाभन भएको थियो । त्यस बेला स्पेनका खेलाडीहरू आफ्नो विश्वकप सफलताको खुशी मनाउँदै थिए ।

फिफाले जनाएअनुसार शुरूमा स्पेनका एरिक गार्सियालाई घाँटीमा समाएर धकेलेपछि रेफ्री स्लाभको भिन्सिचले अर्जेन्टिनाका लिआन्ड्रो परेडेस लाई मैदानबाट बाहिर पठाएका थिए । त्यसको केही समयपछि नै परेडेसको ‘रातो कार्ड’ अभिलेखबाट हटाइएको र त्यस बेला कुनै पनि अनुशासनात्मक कारबाही नगरेको फिफाले जनाएको छ । फाइनल खेलकै क्रममा अर्जेन्टिनाका एन्जो फर्नान्डेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

यस्तै इङ्ल्यान्डसँगको सेमिफाइनल खेल २–१ ले जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमा आफ्नो देशको दाबीको समर्थनमा ब्यानर प्रदर्शन गरेपछि फिफाले उनीहरूविरुद्ध सम्भावित अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.