२०८३ श्रावण ५, मंगलवार ०७:५७
२०८३ श्रावण ५, मंगलवार ०७:५७
हेटौँडा । सरकारका तर्फबाट अनुचित गतिविधिहरु सुधार गर्न भन्दै नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो । नेपाली कांग्रेस जिल्ला कार्यालय कांग्रेस चोकदेखि र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको भन्दै नेपालले मिचेका भारतीय भूमिहरुबारे राज्यस्तरबाटै संसद र जनतासमक्ष स्पष्ट पार्नुपर्ने वा प्रधानमन्त्रीले जनतासमक्ष माफी माग्दै संसदको रेकर्डबाट सो अभिव्यक्ति हटाउनुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा सरकारले जनतामाथि अनावश्यक कर थोपरेको आरोप लगाइएको छ ।…