Alag Dhar

एनपीएलमा आज दुई खेल हुँदै

मकवानपुर । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बीच खेल हुन लागेको हो ।

पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबिच हुनेछ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंले भने ६ खेलबाट ८ अंक जोडेको छ भने पोखराले ५ खेलबाट ४ अंक मात्र जोडेको छ। त्यसैले प्लेअफको सम्भावना जीवित राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

पाँच खेलबाट चार अंक जोडेको चितवनलाई पनि प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ । प्लेअफमा पुगिसकेको सुदूरपश्चिम भने १० अंकका साथ शीर्ष स्थानमा छ ।

मुख्य समाचार

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.