Alag Dhar

हेटौंडामा सडक विस्तार रोकियो

मकवानपुर । सर्वोच्च अदालतले शुक्रबार हेटौंडाको सडक विस्तार कार्य तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। तर औपचारिक रुपमा पत्र प्राप्त नभएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार उज्यालो नहुँदै घरटहरा भत्काउन शुरु गर्‍यो।

दिनभरमा दायाँबायाँ २५-२५ गजभित्र रहेका ५ सयभन्दा धेरै घर टहरामा कार्यालयले डोजर चलायो। शुक्रबारको आदेश शनिबार बिदा भएकाले कार्यालय आइतबार मात्रै खुल्यो । आइतबार दिउँसो अदालतको आदेश सडक डिभिजन कार्यालयमा पुग्यो।

त्यसपछि कार्यालयले पत्रकार सम्मेलन गर्दै अदालतको आदेशको सम्मान गर्दै तत्कालका लागि सडक विस्तार कार्य रोकिएको जनाएको छ। हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरिएको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।

रास्वपा नेतृ विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले तत्काल सडक विस्तारको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

मुख्य समाचार

पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

काठमाण्डौं । श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रमको ब्यानर तथा प्रचारप्रसार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्...
आज प्रदेशसभामा बागमतीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

आज प्रदेशसभामा बागमतीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज ल्याइने भएको छ । मङ्गलबार बस्ने प्रदेशसभामा...
सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौं। आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८...
कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

काठमाण्डौं । आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ । आज दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.