Alag Dhar

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाको एकता टुङ्ग्याउने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश सम्मको एकता टुङ्ग्याउने भएको छ ।

आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बागमती प्रदेश, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा तयारी बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी गराएका हुन् ।

‘पुस ५ गतेसम्म हामीले प्रदेश र जिल्लासम्म एकता टुङ्ग्याउने छौँ । कसैले पनि मनचित्त सानो बनाउनु पर्दैन । योग्यता, क्षमताको आधारमा नेताहरूलाई जिम्मेवारी दिने भन्नुभएको छ’, नेता हिमाल शर्माले भने ।

बैठकमा सहसंयोजक माधव नेपालले कुनै आग्रह–पूर्वाग्रह नराखी एकता प्रक्रियालाई टुङ्ग्याउने बताएको शर्माले जानकारी दिए । दुवै नेताले पछिल्लो राजनीतिक अवस्था, वामपन्थी घटकबिच एकताको आवश्यकताबारे ब्रिफिङ गरेका थिए ।

गत कात्तिक १९ गते भृकुटीमण्डपमा भएको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वामपन्थी घटक मिलेर नेकपा घोषणा गरेका थिए ।

सोही एकता घोषणा सभाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाल निर्वाचित भएको घोषणा गरिएको थियो । तर एक महिना बितिसक्दा समेत केन्द्रीय समिति गठन, नेताहरू कार्य विभाजन हुन सकेको छैन ।

यस्तै बैठकले बागमती, समन्वय सम्पर्क र विशेष प्रदेशको एकता सन्देश सभा पुस ५ गते निर्णय गरेको छ । तीन प्रदेश, जनवर्गीय सङ्गठन, पेसागत तथा जातीय मोर्चाबाट एक लाख मानिस उपस्थित हुने अनुमान गरिएको शर्माले बताए ।

नेकपाले त्यस दिन भृकुटीमण्डपमा सभा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति लिइसकेको छ ।

मंसिर १२ गते सुदूरपश्चिम प्रदेशबाट सुरु भएको एकता सन्देश सभा लुम्बिनी, गण्डकी, कोशी, मधेस, प्रवासमा सम्पन्न भइसकेको छ । मंसिर २७ गते कर्णालीमा सन्देश सभा गर्दै छ ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.