Alag Dhar

पदाधिकारी संख्या बढाउने भए नेतृत्वमा दुई कार्यकाल व्यवस्था पनि लागू गरौं: सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पदाधिकारी संख्या वृद्धि गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।

पदाधिकारीमा आकांक्षा राख्ने नेताहरू बढेपछि अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनमार्फत् पदाधिकारी संख्या वृद्धि गर्ने चर्चा चलेपछि उपाध्यक्ष पाण्डेले पदाधिकारी संख्या अहिलेकै १५ सदस्यीय रहनुपर्नेमा जोड दिएका हुन्।

भदौमा भएको एमाले विधान महाधिवेशनले एमाले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरेकोमा अहिले फेरि अध्यक्ष ओलीले १९ सदस्यीय पदाधिकारी बनाउने गरी विधान संशोधन तयारी गरेको चर्चा एमालेभित्र छ।

‘हामीले विधान महाधिवेशनमा छलफल गरेर पदाधिकारी संख्या १५ मै सीमित गरेको हो, फेरि पदाधिकारी संख्या वृद्धि गरेर १९ पुर्‍याउने भन्ने सुनिँदैछ, त्यसो गर्न हुँदैन। यदि त्यसो गरिए हामी विरोध गर्छौं,’ बागबजारमा आज पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले भने।

उनले यदि पदाधिकारी संख्या वृद्धि गर्ने हो भने दुई कार्यकाल मात्रै अध्यक्ष बन्न पाउने व्यवस्था पनि लागू गरिनुपर्ने बताएका छन्। एमालेमा एक व्यक्ति दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउने भए पनि अध्यक्ष ओलीले त्यो व्यवस्था हटाएका थिए।

मंसिर २७ देखि सुरू हुने ११ औं महाधिवेशनमा ओली तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अध्यक्ष पदमा प्रतिस्पर्धाको तयारीमा छन्।

मुख्य समाचार

उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

काठमाण्डौ । हिजो बिहानसम्म बालबालिकाको चहलपहल र तिनै बालबालिकाको सुनौलो भविष्य कोरिरहेका कक्षाकोठाहरू आज बगरमा परिणत भएका छन् । ...
पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.