Alag Dhar

मुख्यमन्त्री पाण्डेले गरे सिरानचोक ४ को कार्यालय भवन उद्घाटन

मकवानपुर । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ को नवनिर्मित भवन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन्।

छोप्राकस्थित राम्चे चौतारानजिकै निर्माण गरिएको भवनको आइतबार आयोजित कार्यक्रमबीच मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन्।

वडा कार्यालय भवन नहुँदा राम्चेस्थित सामुदायिक भवनमा १७ महिना र केही वर्ष खेपुवामा घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको थियो।

अहिले एक तले, चार कोठाको वडा कार्यालय भवन बनाइएको वडाध्यक्ष भरत हमालको भनाइ छ। ३७ लाख ९ हजार २ सय ४९ रुपैयाँको लगानीमा वडा कार्यालय भवन बनाइएको हो।

भवन निर्माणका लागि शिक्षकसमेत रहेका स्थानीय बासिन्दा कटकबहादुर खत्रीले जग्गा दान गरेका थिए। भवन उद्घाटनको अवसरमा जग्गादाता खत्रीलाई मुख्यमन्त्री पाण्डेले दोसल्ला र सम्मान पत्रसहित सम्मानसमेत गरेका थिए।

वडा कार्यालय भवन बनाउन खत्रीले ३ रोपनी जग्गा दान गरेका थिए।

उनले कालोपत्र गरिएको चोरकाटे-राम्चे-चित्रेपोखरी-भच्चेक सडकखण्डमा पर्ने राम्चे चौतारास्थित जग्गा वडा कार्यालयको नाममा नामसारी गरिदिएका थिए।

यो जग्गाको सरकारी मूल्यांकनअनुसार पनि ३६ लाख रुपैयाँ मूल्य पर्छ।

भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस भवनबाट जनताले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरेका थिए।

उनले फरक प्रसंगमा बोल्दै फागुन २१ मा सरकारले घोषणा गरेको चुनावमा सबै सहभागी हुनुपर्ने बताए।

अहिलेको अवस्थामा चुनाव हुन नसके देश झन् नयाँ चपेटामा फस्न सक्ने उनको भनाइ छ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.