Alag Dhar

शिवमले छात्रा लक्षित छात्रवृत्ति प्रदान

मकवानपुर । हेटौंडा–सामुदायीक विद्यालयमा छात्राहरुको आकर्षण घटदै गएको भन्दै हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ती प्रदान गरेको छ ।

हेटौंडा–१७ हटियास्थित उद्योग प्रभाबित क्षेत्रमा रहेको स्थानिय लक्ष्मी आधारभुत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरुका लागि चालु शैक्षिक सत्रमा विद्यालयले लिने शुल्क प्रदान गरेको हो ।

विद्यालय सञ्चालनका लागि विद्यालयले विद्यार्थीबाट लिर्दै आएको यस शैक्षिक सत्र मध्य आठ महिनाको शुल्क बापत हुन आउँने १ लाख ७९ हजार ४ सय रुपियाँ मंगलबार विद्यालय परिसरमा औपचारीक कार्यक्रम गर्दै हस्तान्तरण गरेको छ ।

उद्योगले विद्यालयमा शैक्षिक छात्रा– छात्रवृत्ती वितरण कार्यक्रम गर्दै १७ नम्बर वडा सदस्य लेखकुमारी तिमल्सिनाको उपस्थितीमा उद्योगका उपमहाप्रबन्धक राजेन्द्र शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई छात्राबृत्ती वापत भएको रकमको चेक हस्तान्तरण गरेका थिए ।

उद्योगले विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका छात्राहरुका लागि छात्राबृत्ती रहको व्यवस्थापन गरेको जनाइएको छ । विद्यालयमा अध्ययनरत छात्राहरुका लागि उद्योगले दिएको छात्रावृत्तीले विद्यार्थीको मनोबल उच्च बनाउने बताउँदै प्रधानाध्यापक यदुदेब उपाध्याय सिग्देलले उद्योगले गरेको सहयोग प्रति धन्यवाद दिए ।

उनले २०६८ सालमा स्थापना भएको उद्योगसँग विद्यालयले आगामि सत्रबाट पुर्ण छात्रबृतीको माग अघि सारेको जानकारी दिए । उनले भने ‘प्रभावित क्षेत्रमा रहेको विद्यालयको बारे बिशेष रुपले उद्योगले सोच्न जरुरी छ ।’

प्रधानाध्यपक सिग्देलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि बर्षमा कम्तीमा २ पटक स्वास्थ्य शिविर र स्वास्थ्य विमा गराउन जरुरी रहेको बताए । उद्योग यस अघि विद्यालयमा सामाजिक दायित्व अनुसार कम्पाउण्ड वाल निर्माण, स्कुल बसको व्यवस्था, शैक्षिक उपकरण कम्प्युटर, प्रिन्टर सहितको सहयोग गरेको जानकारी दिए ।

कार्यक्रममा उद्योगका प्रबन्धकहरु सुशिला दाहाल, कल्याण सुवेदी, नरबहादुर खत्री, उपप्रबन्धक मुकेश कुमार, बरिष्ठ अधिकृत रामकुमार कँडेल सहित स्थानिय दलका प्रतिनिधी तथा समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.