Alag Dhar

स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग सुचारू

काभ्रेपलाञ्चोक । यही मंसिर २० गतेदेखि स्थानीयवासीले अवरुद्ध गरेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि सञ्चालनमा आएको छ ।

अरनिको राजमार्ग कोदारीस्थित इको पहिरोमा स्थानीयले सडक अवरुद्ध गरेपछि नाका ८ दिनदेखि बन्द थियो । बाढी र पहिरोले बस्ती जोखिम भएको भन्दै स्थानीयले सडक सञ्चालनमा रोक लगाएका थिए ।
गत असोज २ गते स्थानीयवासी, सडक विभाग, सडक डिभिजन कार्यालय चरिकोटलगायतको उपस्थितिमा कात्तिक महिनामा राजमार्ग निर्माण र पहिरो नियन्त्रणको लागि टेन्डर निकाल्ने सहमति भएपनि अर्को एक महिना ढिला भएपछि स्थानीयले सडक अवरोध गरेका थिए ।

शुक्रबार दिउँसो स्थानीय र सडक डिभिजन कार्यालयबीच भएको वार्ता असफल भएको थियो । स्थानीयले सडक निर्माण कार्य तत्काल सुरु नगरे सडक संचालन हुन नदिने बताएपछि शुक्रबार स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबीच भएकको वार्ता असफल भएको थियो ।

वार्ता असफल भएपछि सडक डिभिजन कार्यालय चरिकोटले ४८ करोड ४९ लाख लागत बराबरको टेन्डर निकालेको छ । टेन्डरका लागि ३५ दिन अवधि लाग्ने र त्यसपछि मात्रै काम हुने सडक डिभिजन कार्यालय चरिकोट बताएको छ ।

राजमार्ग निर्माण, इको पहिरो नियन्त्रण र बस्ती सरंक्षणका लागि सडक डिभिजन कार्यालय चरिकोटले टेन्डर आह्वानको सूचना प्रकाशित गरेपछि शनिबार स्थानीय पालिका र स्थानीयवासी र विभिन्न ट्रान्सपोर्टका प्रतिनिधिसँगको छलफल पछि स्थानीय आफैंले राजमार्ग खुलाएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगत राईले जानकारी दिए ।

तर, स्थानीयले अबको ६० दिनमा सडक निर्माण कार्य सुरू नगरे पुनस् इको पहिरोबाट सडक अवरुद्ध गर्ने निर्णय नै गरेका छन् ।

सडक सञ्चालनमा आँएसगै सीमा क्षेत्रमा रोकिएका कन्टेनर र इभी गाडीहरू भन्सार यार्ड जान थालेका छन् । सडक बन्द हुँदा फलफूललगायत कुहिएको व्यावसायिहरुले बताएका छन् ।

स्थानीयले गत आसोज २० गते ‘वार्षिक २०औ अरब राजश्व संकलन हुने नाकालाई वेवास्ता किन रु दशकौसम्म पहिरो नियन्त्रण किन गरिएन रु हाम्रो बाँच्न पाउने अधिकार खै रु सरकार कहाँ छ रु अब हामी मौखिक प्रतिबद्धता र कागजी प्रक्रिया मान्दैनौं, तत्काल समाधानको कार्य सुरू गरियोस’ भन्ने माग राखेर राजमार्ग बन्द गराएका थिए ।

स्थानीयले पहिरोका कारण माथिल्लो भेगमा रहेको बस्ती जोखिममा रहेको र कुनै पनि बेला ठूलो विपद् निम्तिन सक्ने खतरा बढेकोले दिगो रुपमा सडक निर्माणको माग गरेको उनीहरूको भनाइ छ ।

गुम्बाडाँडा, मिलन बजार, लालबिर चोक, चौकीडाँडा, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा गाउँ पहिरोको उच्च जोखिममा छ ।

मुख्य समाचार

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

काठमाडौँ।  संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकला...
बाग्मती प्रदेशसभा सदस्य खेलकुद र शिक्षामा उत्कृष्ट पुरस्कृत र सम्मानित गरियो

बाग्मती प्रदेशसभा सदस्य खेलकुद र शिक्षामा उत्कृष्ट पुरस्कृत र सम्मानित गरियो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले भौतिक पूर्वाधारसंगै शिक्षा र खेलकुद क्षेत्रमा गरेको क्रियाकलाप अनुशरण योग...
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ७ जना सम्मानित

भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ७ जना सम्मानित

हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्थालाई सम्मान गरेको छ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.