Alag Dhar

हेटौंडामा सवारी दुर्घटना हुँदा ७ जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ प्रगति चोकस्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको ईभी गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
सोही क्रममा ईभी गाडीले फेरि विपरीत दिशाबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा ईभी गाडी, स्कुटर र स्कार्पियो पिकअप गरी तीनवटै सवारी साधनमा क्षति पुगेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।
हेटौंडा अस्पतालमा उपचार गराइरहेकामा ईभी गाडीमा सवार हेटौंडा–४ कर्राकी ३७ वर्षीया सरस्वती राणाको बायाँ हातमा चोट लागेको छ । स्कार्पियोमा सवार भोजपुर षडानन्द नगरपालिका–१० का ६६ वर्षीय हेमसाङ तामाङको टाउकोमा चोट लागेर घाइते भएका छन् भने उनकी पत्नी ५९ वर्षीया राजकुमारी तामाङको दुवै खुट्टामा चोट लागेको छ।
मकवानपुर सहकारी अस्पतालमा उपचारका लागि पुर्‍याइएकामध्ये ईभी चालक हेटौंडा–१५ रातोमाटेका २५ वर्षीय सुमन लामा घटनास्थलमै बेहोस भए पनि अस्पताल ल्याउनासाथ होसमा आएका थिए। ईभीमा सवार मकवानपुरगढी गाउँपालिका–५ भालुखोलाका ७८ वर्षीय टिका प्रसाद तिमिल्सिनाको निधारमा चोट लागेको छ।
स्कुटर चालक हेटौंडा–९ का ३९ वर्षीय दीपक रुम्बा दाहिने खुट्टामा चोट लागेर घाइते भएका छन् भने स्कुटरको पछाडि सवार उनकी ५ वर्षीया छोरी ग्रेसी रुम्बाको टाउकोमा चोट लागेको छ।
यस्तै, दुर्घटनापछि पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक प्रकाश केसीको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलमा खटिएको थियो। हाल तीनवटै सवारी साधन इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ। दुर्घटनाका कारण सडक अवरोध भने भएको छैन।

मुख्य समाचार

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ । हिजो ५ हजार १०० रुपैयाँले घटेको सुनको...
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.